sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » बिद्यालयलाई फेसबुकबाट ४६ हजार जुट्यो

खोटाङ, पुस–१८, भूकम्पले क्षतीग्रस्त खोटाङको एक बिद्यालय पुनःमर्मतकालागि मलेसियामा फेसबुकमार्फत ४६ हजारबढि रकम संकलन भएको छ । गत बैसाख–१२ गतेको भूकम्पका कारण क्षतीग्रस्त बनेको नुनथला–८ गैरीस्थित नवज्योती प्राबिको पुनःमर्मतकालागि मलेसियामा चिसाङ शेर्पाको पहलमा सञ्चालन गरिएको ‘फेसबुक ग्रुप च्याटिङ’मार्फत ४६ हजार १२४ रुपैयाँ संकलन भएको हो । भूकम्पका कारण क्षतीग्रस्त बनेको विद्यालयकालागि श्रोत जुटाउन मलेसिया, कतार, साउदीअरब लगायतका मुलुकमा फेसबुक अभियान चलाइएको छ । मलेसियामा फेसबुकमार्फत संकलन भएको रकम अंग्रेजी नयाँ वर्षको अवशर पारेर शुक्रबार अभिभाबकमार्फत बिद्यालयको नाममा पठाइएको शेर्पाले जानकारी दिनुभयो ।

मलेसियामा फेसबुकबाट संकलन भएको रकम विद्यालयको नाममा पठाइएको बील । 
तस्बिरः चिसाङ शेर्पा
क्षतीग्रस्त बिद्यालय पुनःमर्मतकालागि दुई महिनाअघिदेखि बिभिन्न देशमा सहयोग रकम संकलन सुरु गरिएको थियो । फेसबुक ग्रुप च्याटमार्फत मलेसियाबाट सुरु गरिएको ‘बिद्यालय सघाउ’ अभियान क्रमशः कतार, साउदी, दुबई लगायतका मुलुकमा पुगेको छ । कतारमा हालसम्म ७० हजारभन्दा बढि रकम संकलन भइसकेको जनाइएको छ । प्रबासमा रहेका युवाको पहलमा आएको रकमलाई क्षतीग्रस्त बिद्यालयको भवन मर्मत, शैक्षिक तथा खेलकुद सामग्री खरिद, शिक्षककालागि तलब ब्याबस्थापन, शैक्षिक तथा चेतनामूलक कार्यक्रममा सदुपयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम तामाङले बताउनुभयो ।

संबेदनसिल मानिने शैक्षिक क्षेत्रको उन्नतीमा सबैको चासो जगाउनकालागि बिदेशमा फेसबुकमार्फत अभियान सञ्चालन गरिएको हो । २०६५ सालमा स्थापना भएको बिद्यालयमा ३ कक्षासम्मको पढाइहुँदै आएको छ । विद्यालयमा हाल तीन जना शिक्षक कार्यरत छन् । बिदेशमा छरिएर रहेका नेपालीलाई एकसुत्रमा बाध्दै सहकार्य र मानबीय संस्कारको बिकासकालागि अभियान चलाइएको अभियानमा संलग्न राजन गुरुङले बताउनुभयो । मलेसियाबाट अभियान सुरु गरेका चिसाङलाई खोटाङ तथा अन्य जिल्लाका युवाको साथ मिलेको छ । कतारमा रबिन शेर्पाले अभियानको संयोजन गरिरहेका छन् ।

कसले कति सहयोग गरे ?
बुद्धिमान तामाङ  आरएम १५० ।
ईन्द्रबहादुर तामाङ  आरएम ४२० ।
कर्साङ शेर्पा  आरएम २३० ।
फुर्वा शेर्पा  आरएम ४१० ।
कृष्णप्रसाद भण्डारी  एमआर २२।
चिसाङ शेर्पा  एमआर ४१०।
मालक्ष्मी थुलुङ  एमआर ४०।
संयोग शेर्पा  एमआर १५०।
सुर्यकुमार राई  एमआर ६२।



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post