sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » रुखले किच्दा तीनजना गम्भीर घाइते

खोटाङ, पुस–२२, सडक निर्माण गर्ने क्रममा ढलेको रुखले किच्दा खोटाङमा तीनजना गम्भीर घाइते भएका छन् । हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक निर्माण गर्ने क्रममा ऐसेलुखर्क–४ बस्ने १६ वर्षीया सुस्मिता राई, १८ वर्षीय रविन राई र ५० वर्षीया गौमायाँ राई गम्भीर घाइते भएका हुन् । 

ऐसेलुखर्क–२ स्थित जङ्गलमा सडक निर्माण गर्ने क्रममा बुधबार दिउँसो ढलेको रुखले किच्दा सुस्मिताको देब्रे खुट्टा, रविनको घुँडा र गौमायाँको काँधमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते बनेका सबै जनाको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको आफन्तहरुले जनाएका छन् । 

स्थानीय सडक सुधार कार्यक्रम अन्तरगत निर्माणाधिन सडक स्थानीय उपभोक्ताले कुटोकोदालोमार्फत निर्माण गरिरहेका छन् । ४२ दशमलव २५ किलोमिटर लम्बाई रहेको सडक निर्माणका लागि यस वर्ष १४ करोड रकम बिनियोजन भएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post