sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » निधार फुट्दा पनि '७६ वर्षिया तिम्मा' अस्पताल जान सकिनन्

खोटाङ, २६ पुस । माझ निधारमा धारिलो हतियारले ताछेजस्ता लामो र ठूलो चोट । देब्रे आँखा सुन्निएर ढ्याम्म पुरिएका । खोटाङ सदरमुकाम दिक्तेल नगरपालिका–५ की ७६ वर्षीय नौमती राईलाई चित्राले बनेको सानो झुपडीभित्र रक्तमुछेल अवस्थामा लम्पसार सुतिरहेको भेट्दा आफन्त अनिता राई अचम्ममा परिन् । 

गहिरो र रगत नथाकेको ठूलो चोट भएका कारण बृद्धा राईमाथि धेरैले खुकुरी वा धारिलो हतियार प्रहार भएको आशंका गरे । ‘तपाईलाई के भयो, कसले यस्तो बनायो तिम्मा (ठूलीआमा) ? नढाँटी भन्नुुस्,’ अनिताले आत्तिदै भनिन्, ‘परेको सहयोग हामी गर्छौँ ।’ तर उनले आँगनमै लडेर गहिरो चोट लागेको जिकिर गरिन् । उद्यपी, बृद्धा राईको भनाईमा कोही पनि झट्ट सहमत भएनन् । ‘कसैलाई पाप सोच्नुहुन्न,’ सिरक ओढेर सुतीरहेकी बृद्धाले जवाफ दिइन्, ‘म आफै लडेर यस्तो भएको हुँ ।’ 


ठूलो चोट लागेपनि उपचारमा जान नसक्दा ओछ्यानमै थलिएकी बृद्धा नौमती राई । 
निम्नस्तरका नौमतीको श्रीमान १३/१४ वर्षअघि नै बितेका हुन् । दुई छोरामध्ये कान्छो छोरा घर छैनन् । साथमा रहेको छोरा कामीधन पनि शारीरिकरुपमा कमजोर छन् । उनले खुट्टा भाँचिएर भर्खरै निको भएको बताए । कमजोर आर्थिक स्तरकै कारण राई परिवारले हालसम्म चर्पी निर्माण गर्न सकेका छैनन् । चर्पी बनाए–नबनाएको अनुगमनकालागि पुगेको टोलीले बृद्धा नौतमी घाईते बनेर थलिएको भेटेका हुन् । सरकारले निशुल्क औषधि र स्वास्थ्य सेवाको व्यवस्था गर्दै लगेपनि निम्नआर्थिक स्तरका कतिपय बिरामी सेवाबाट बञ्चित भइरहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post