sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » खोटाङमा यस्तो छ अखिलको चुनावी रन्को

डिसुजा राई
खोटाङ १३ माघ । नेकपा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठन (अखिल) को माघ २७ २९ काठमाडौंमा महाधिवेशन हुँदैछ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । अहिले महाधिवेशनका लागि देशभर नै प्रतिनिधि तथा पर्यवेक्षक छान्ने महामेला नै लागेको छ । अघिल्लो हप्ता मंगलबार अखिल खोटाङले पनि १३ जना प्रतिनिधि चयन गरेको छ ।
को को छानिए त प्रतिनिधि
खोटाङ अखिलबाट राष्ट्रिय महाधिवेशनका लागि १३ प्रतिनिधि चयन भएका छन् । गत हप्ता मंगलबार छनोट कमिटीले १३ जनालाई प्रतिनिधि चयन गरेको हो । उनीहरुमा गणेश राई, वीरेन्द्र राई, रोशन पौडेल, नितेश खड्का, पिएसपी चाम्लिङ, शम्भू घिमिरे, जितेन्द्र राई, सविन राई, रिजन भुजेल, निशा राई, दिपेन्द्र राई, तेजेन्द्र घिमिरे, प्रकाश पोखरेल चयन भएका हुन् । छानिएका प्रतिनिधिहरुमा संस्थापन पक्षको पल्लाभारी देखिएको छ । महाधिवेशनमा उम्मेदवारहरुको सर्वसम्मत नभएको खण्डमा भोटिङ गर्नुपर्ने हुन्छ, सो क्रममा प्रतिनिधिहरुले कुन उम्मेदवारलाई जिताउने भन्ने रोल प्ले गर्ने भएकाले प्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ । अर्कातर्फ प्रतिनिधि छानिनु भनेको अगुवा कार्यकर्तामा गनिनु जस्तै पनि मानिने गरिन्छ ।

अखिल महाधिवेशनमा खोटाङका तीन उम्मेदवार
अखिलको २२ औं महाधिवेशनमा खोटाङबाट ३ जनाले उम्मेदवारी दिने भएका छन् । अनुशासन आयोगको अध्यक्षमा गिरेन्द्र राई, केन्द्रिय समिति सदस्यमा मिलन राई र ओम घिमिरेले उम्मेदवारी दिने भएका छन् । मिलन संस्थापन पक्षका हुन् । अखिल खोटाङका पूर्वअध्यक्ष रहेका उनी हाल अञ्चल सचिव तथा राष्ट्रिय परिषद सदस्य पदमा छन् ।

तीनै जना भन्छन् जित्ने पक्का भईसक्यो
गिरेन्द्रले आफू अखिलमा लामो कार्यकाल काम गरेको तथा विद्यार्थी राजनीतिमा धेरै होमिएकाले जित्ने दाबी गरेका छन् । उनले संस्थापनबाट अहिलेसम्म प्रतिद्धन्दीको कोही पनि नभएकाले सर्वसम्मत हुने सम्भावना रहेको समेत बताए । 

संस्थापन पक्षका मिलनले पनि आफूले जित्ने पक्कापक्की जस्तै देखिएको हाम्रोखोटाङ डटकमसँग बताए । विद्यार्थीको हकहित र विद्यार्थी आन्दोलनमा रातदिन भनेर लागिपरेका उनले अब विद्यार्थी आन्दोलन सही तरिकाले हाक्नुपर्ने अवस्था आएकाले त्यो जिम्मेवारी आफूहरुले नै हाँक्नुपर्ने नत्र विद्यार्थीका हकहित समेत धरापमा पर्ने औँल्याए । केन्द्रमा मात्रै नभएर ग्राउन्ड लेभलसम्म नै मिलनको राम्रो पकड रहेको बताइएको छ । खोटाङका १३ जना प्रतिनिधिमध्ये ११ जना भने संस्थापन पक्षको नै रहेकाले पनि मिलनको जितलाई उचाईमा पुर्याईदिएको भन्दै अखिल खोटाङमा चर्चा सुरु भएको छ । यता, हाल जिल्ला कमिटी अध्यक्ष समेत रहेका घिमिरेले पनि आफू सर्वसम्मत हुने विश्वास व्यक्त गरेका छन् । उनले शैक्षिक परिवर्तन, अनेरास्ववियूमा हाबी भएको विकृतिको अन्त्य तथा अखिललाई वैचारिक बहसको केन्द्र बनाउने आफ्नो उद्देश्य रहेको उनी बताउँछन्  

खोटाङे प्रतिनिधि को कता ?
१३ जना खोटाङका प्रतिनिधिमध्ये ११ जना संस्थापन पक्षबाट छानिएका छन् । तेजेन्द्र घिमिरे र शम्भू घिमिरेबाहेक अन्य ११ जना संस्थापन पक्षको रहेको बताइएको छ । उनीहरुमा गणेश राई, वीरेन्द्र राई, रोशन पौडेल, नितेश खड्का, पिएसपी चाम्लिङ,  जितेन्द्र राई, सविन राई, रिजन भुजेल, निशा राई, दिपेन्द्र राई, प्रकाश पौडेल हुन् । 

केन्द्रमा यस्तो छ समिकरण
अखिलको अध्यक्षममा ३ जनाले दाबी गरिरहेका छन् । संस्थापन पक्षबाट ऐन महर र नबिना लामा छन् भने माधव नेपाल पक्षबाट दिपक गौतम छन् । संस्थापन पक्षमा ऐन र नबिनाबिच तिक्तता नआएमा संस्थापन पक्षले जित्ने देखिन्छ । तर दुई जनामा म्यानेजमेन्ट गर्न नसकेको अवस्थामा संस्थापनमा नै तिक्तता आए नतिजा दिपकको हातमा जाने सम्भावना  । खोटाङका मिलन राई ऐन महर पक्षबाट लड्दैछन् भने गिरेन्द्र र ओम भने दिपक पक्षबाट छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post