sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » हलेसीको अतिक्रमित जग्गा गुठीकै नाममा दर्ता गर्न मालपोतलाई निर्देशन

खोटाङ, १३ माघ । भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले खोटाङको त्रिधार्मिकस्थल हलेसीको अतिक्रमित जग्गा तत्काल गुठीकै नाममा दर्ता गर्न जिल्ला मालपोत कार्यालयलाई निर्देशन दिनुभएको छ । हलेसी महादेव गुठीको नाममा भएको जग्गा स्थानीयले अतिक्रमण गरेको पाएपछि मन्त्री सुब्बाले तत्काल गुठीकै नाममा दर्ता गर्न निर्देशन दिनुभएको हो ।

अनुगमनका क्रममा खोटाङ आउनुभएका मन्त्री सुब्बाले गुठीको जग्गा कसैले पनि अतिक्रमण गरेर आफ्नो बनाउन नपाउने बताउनुभयो । “धार्मिकस्थल कसैको पेवा हुँदैन ।” उहाँले भन्नुभयो, “सबैको धरोहर हलेसीको जग्गा अतिक्रमण भएकाले तत्काल गुठीकै नाममा दर्ता गर्ने काममा लाग्नुस् ।”

अतिक्रमण गरेर बनाइएका घरहरुको मुआब्जा दिएर भएपनि गुठीको जग्गा गुठीकै नाममा फिर्ता गर्नमा लागी पर्न सम्बन्धित कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री सुब्बाले मालपोत र नापी कार्यालयका प्रमुखलाई बुधबार दिक्तेलस्थित मालपोत कार्यालयमा भेला गरेर यस्तो निर्देशन दिनुभएको हो ।

भेलामा नापी र मालपोत कार्यालय एक आपसमा समन्वयकारी कार्यालय भएकाले नजिक/नजिक राख्नुपर्ने बताउनुभएको छ । भेलामा बोल्दै मन्त्री सुब्बाले खोटाङको दुबै क्षेत्रमा मालपोतको शाखा कार्यालय खोल्नमा पनि पहल गर्ने बताउनुभएको छ ।

क्षेत्र नम्बर–१ को ऐसेलुखर्क र क्षेत्र नम्बर–२ को खोटाङबजारमा मालपोतको शाखा कार्यालय खोलिने भएको छ । गाडीमार्फत मङ्गलबार खोटाङ आउनुभएका मन्त्री सुब्बा अनुगमनपछि ओखलढुङ्गा जानुभएको छ ।

 

 

हलेसी महादेवस्थान गुठीको जग्गा अतिक्रमण भएको पुष्‍टी...


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post