sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » मलेसियामा सांगीतिक कार्यक्रम फ्रेण्डसीप धमाका हुँदै

चिसाङ शेर्पा
क्वालालम्पुर मलेसिया, माघ–१२, अंग्रेजी नयाँ बर्षको अवशरमा मलेसियामा साँगितिक कार्यक्रम फ्रेण्डसिप धमाकाको सातौं संस्करण हुने भएको छ । ‘हामी नेपाली, हाम्रो नेपाल’ भन्ने मुल नाराकासाथमा सातौं पटक सांगीतिक कार्यक्रम फ्रेण्डसिप धमाका गर्न लागिएको हो । चाइनिज नयाँ बर्षको अबसर पारेर मलेसियाको विभिन्न शहरमा नेपालका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा फ्रेण्डसिप धमाका–२०१६ गर्न लागिएको आयोजकले जनाएको छ ।

फेब्रुअरी ६ का दिन जोहोरबारुस्थित न्युयोर्क होटेल र फेब्रुअरी ७ का दिन बिएम देवान हल पेनाङ (समिट प्लाजा नजिक) कार्यक्रम हुने कार्यक्रम संयोजक कृष्ण पुलामीले बताउनुभयो । यस्तै फेब्रुअरी ८ का दिन चिनो स्टेडियम क्वालालम्पुर र फेब्रुअरी ९ मा बातुपाहात एसजेके स्कुल बसपार्क नजिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा अभिनेता सुनिल थापा, नायक दिनेश थापा, नायिका रेखा थापा, गायक प्रमोद खरेल, सञ्चारकर्मी नरेश भट्टराई, हाँस्यकलाकार किशोर भण्डारी (डिठ्ठा साब), रेश्मा तिमिल्सिना, गायिका अमृता लुङ्गेली मगर र नृत्यकार शिव बिक लगायतको उपस्थिति रहने कार्यक्रम संयोजक पुलामीको भनाई छ । पुराना स्रष्टालाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक बर्ष मलेसियामा सांगीतिक कार्यक्रम फ्रेण्डसीप धमाका सञ्चालन हुँदैआएको छ ।

मलेसियामा ल्होसार तथा बृहत शेर्पा भेला गर्ने
शेर्पा किदुक संघ मलेसियाले पहिलोपटक मलेसियामा ल्होसार तथा बृहत शेर्पा भेला गर्ने भएको छ । धर्म भाषा सस्कृती हाम्रो पहिचान, जातीय र सामाजिक सदभाव हाम्रो स्वाभिमान भन्ने मुल नाराका साथमा २१४३ औ म्हे फो टेल्हो ग्याल्बो ल्होसार मनाउन लागेको हो ।

बौद्ध धर्मावलम्बीहरुको मुख्य पर्बको रुपमा रहेको उक्त सास्कृतिक कार्यक्रम माघ २५ गते चाइनिज नयाँ बर्षको अबसरमा मलेसियाको राजधानी क्वालालम्पुरस्थित कोतारायको फाइभ इलाभेन होटेलमा मनाइने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा शेर्पा किदुक मलेसियाको प्रथम अधिबेशन ल्हाप्सो, स्याब्रु नाच, शुभकामना आदनप्रदान र स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post