sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » मेवा खोला विद्युत आयोजना चैत्रभित्रै सम्पन्न हुने

पुस २८ । मेवा खोला जलविद्युत आयोजना चैतभित्रै सकिने भएको छ । एक मेगावाट क्षमताको विद्युत आयोजनाबाट विद्युत उत्पादनपछि जिल्लामा लोडसेडिङको मार खेप्नु नपर्ने भएको छ ।

सानिमा र बैंक अफकाठमाण्डूको ७० प्रतिशत र उपभोक्ता लगायत लगानीकर्ताको तीस प्रतिशत गरी करिब ३० करोडको लागतमा विद्युत आयोजना सम्पन्न हुने आयोजनाका प्रबन्ध निर्देशक अर्जुन राईले बताए । राईका अनुसार बैंकले लगानी गर्ने ७० प्रतिशतमध्ये सानिमा बैंकको ६० र बैंक अफकाठमाण्डूको ४० प्रतिशत लगानी भएको छ ।

यो आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनको बुइपा सवस्टेशनमा जोडिने भएको छ । ‘यो विद्युत आयोजना सम्पन्नपछि जिल्लाको ४५ गाविसका उपभोक्ताले लोडसेडिङको मार खेप्नु पर्ने छैन ।’ प्रबन्धक राईले भने–‘यद्यपि इन्धन अभावले काम गर्न नसक्दा समस्या उत्पन्न भएको छ ।’ राईले थपे–‘तै पनि जलस्रोत मन्त्रालयमा इन्धन मागिएको छ ।’

१८ औं जिल्ला परिसदले जिल्लालाई लोडसेडिङ मुक्त बनाउने योजना पारित गरेपछि जिल्लामा विद्युत विस्तारका काम द्रुत गतिमा भइरेको छ । यो आयोजना २०७० सालबाट सुरु भएको थियो । यस बाहेक जिल्लामा झण्डै एक दर्जन लघु जलविद्युत योजना सञ्चालनमा छन् । केन्द्रीय प्रसारण लाइनले ३८ गाविसका एघार हजार घरधुरीलाई विद्युत पुगेकोछ । मेवाखोला विद्युत आयोजना सम्पन्नपछि जिल्लामा उद्योग लगायतका अन्य विकासे काममा सघाउ पुग्ने स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताए । - इकान्तिपुर डटकमबाट

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post