sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खण्डहर बन्यो निर्माणाधीन जनजाति संग्रहालय भवन

खोटाङ, १६ माघ । राजनीतिक दल संलग्न भवन निर्माण उपभोक्ता समितिले अनियमितता गरेको आरोप लागेपछि थप रकम विनियोजन नहुँदा दिक्तेलस्थित अल्छेढुंगामा निर्माणाधीन आदिवासी जनजाति संग्रहालय भवन खण्डहर बनेको छ । समितिले अनियमितता गरेको भन्दै कोषाध्यक्षले नै अख्तियार र जिल्ला प्रशासनमा उजुरी हालेकी थिइन् । 

भवनको निर्माण कार्य पाँच वर्षअघि सुरु गरिएको थियो । भवन निर्माण उपभोक्ता समितिकै अध्यक्षको संलग्नतामा रकम अनियमितता भएपछि कारबाहीको माग गर्दै अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेकाले थप रकम विनियोजन भएको छैन । संग्राहलय भवन निर्माणमा किर्ते हस्ताक्षर गरी रकम निकासा गरेको भन्दै उपभोक्ता समितिका कोषाध्यक्ष रामकुमारी राईले उजुरी दिएकी थिइन् । 

कोषाध्यक्ष राईले चार वर्षअघि निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई, काम गर्ने व्यक्तिद्वय विष्णुराज राई र भक्तकर्ण राईले किर्ते हस्ताक्षर गरी रकम निकासा गरेको भन्दै अख्तियारमा उजुरी दिएकी हुन् । उनीहरूमध्ये जयबहादुर राई र भक्तकर्ण राईको मृत्यु भइसकेको छ । 

संग्रहालय भवन निर्माण उपभोक्ता समितिको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नम्बर २५८३ को रकम किर्ते गरी पटक–पटक गरेर १३ लाख ८३ हजार निकासा गरिएको कोषाध्यक्ष राईले बताउँदै आएकी छिन् । गुणस्तरहीन भवन बनेकाले आफूले रकम निकासा गर्न हस्ताक्षर नगरेको, तर किर्ते गरेर रकम निकासा गरिएकाले उजुरी दिन बाध्य भएको कोषाध्यक्ष राईको भनाइ छ । 

बैंकको स्टेटमेन्टमा ३१ साउन ०६७ मा दुई लाख ५० हजार, सोही वर्ष २१ असोजमा तीन लाख, १ चैतमा एक लाख ८० हजार र २० चैत ८३ हजार रुपैयाँ निकासा गरिएको छ । भवन नबन्ने निश्चित भएपछि उपभोक्ता समितिको चौतर्फी आलोचना भएको छ । 

निर्माणाधीन संग्रहालयमा जिल्लामा बसोवास गर्ने आदिवासी जनजातिका पुर्खाले आदिम कालमा प्रयोग गरेका, हातहतियार, लुगाफाटा, गरगहना, बाजागाजालगायतका सामग्री राख्ने लक्ष्य राखिएको थियो । जिल्लामै पहिलोपटक स्थापना गर्न लागिएको संग्रहालय भवन नबन्ने निश्चित भएपछि स्थानीय दुखित भएका छन् । 

कहिले बन्ला संग्रहलय भवन ! 

अलपत्र संग्रहालय भवन नबन्ने निश्चित 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post