sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सहमती नजुट्दा नगरपालिकासहित दर्जनौं गाबिसमा निर्वाचन

खोटाङ, १७ माघ । अधिबेसनकाक्रममा सहमती जुट्न नसक्दा खोटाङमा नेपाली कांग्रेसको एक नगरपालिका सहित दर्जनौं गाबिसमा निर्वाचन भएको छ । संस्थापन र देउवापक्षका नेता तथा कार्यकर्ताबीचमा सहमती जुट्न नसक्दा दिक्तेल नगरपालिकासहित क्षेत्र नम्बर–२ का चिसापानी, काहुले, बड्कादियाले, डाँडागाउँ, मात्तिम, पौवासेरा र दिप्लुङमा निर्वाचन भएको हो ।

यस्तै, क्षेत्र नम्बर–१ का मंगलटार, धितुङ, बाक्सिला, खार्मी, राजापानी, सप्तेश्वर र सुंदेलमा निर्वाचन भएको कांग्रेसले जनाएको छ । शुक्रबार दिनभरको छलफल सहमतीमा नपुग्दा राजापानीमा शनिबार निर्वाचन भएको हो । कांग्रेसका अनुशार कतिपय गाबिसमा सभापति, कतिपय गाबिसमा खुल्ला सदस्य, महिला तथा जनजातीकै कोटामा सहमती नजुट्दा निर्वाचन भएको छ । आफ्नोपक्षका नेतालाई जिताउनकालागि प्रतिनिधिकारुपमा चयन हुन कार्यकर्ता पंक्तीमा हानाथाप चलेको छ । अन्य गाबिसमा भने सर्वहसमतीमा अधिबेसन सम्पन्न भएको कांग्रेस क्षेत्र नम्बर १ का सभापति फटिककुमार श्रेष्ठले बताए । ‘केही गाबिसमा महिला, जनजाती कोटामा निर्वाचन भएको छ,’ श्रेष्ठले भने, ‘अन्य गाबिसमा सर्वसहमतीमा अधिबेसन भएको छ ।’ यस सम्बन्धी बिस्तृत जानकारी आउन अझै बाँकी छ ।

बिवादका कारण निर्मलीडाँडा र टेम्माको अधिबेसन स्थगित भएको छ । निर्मलीडाँडाको माघ १८ गते पुःन अधिबेसन गर्ने टुंगो लागेपनि टेम्माको अधिबेसन मिति निश्चित भएको छैन । टेम्मामा संबिधानसभाको दोश्रो निर्वाचनमा बागी उम्मेदवार दिएर कारबाहीमा परेका बिष्णुराज राई लगायतले आक्रमण गरेपछि अधिबेसन हुन नसकेको हो । निर्मलीडाँडामा शनिबार अधिबेसनकालागि गरिएको प्रयास असफल भएको कांग्रेसले जनाएको छ । ‘टेम्मा र निर्मलीडाँडाको अधिबेसन सहमतीमा जुनसुकैबेला पनि हुन सक्छ,’ कांग्रेसका एक नेताले भने । शनिबार सम्पन्न दिक्तेल नगर अधिबेसनमा भएको निर्वाचनमा दुर्गाप्रसाद घिमिरे सभापतिमा निर्बाचित भएका छन् । देउवापक्षका प्रतिद्धन्दी राजन सैंजूलाई ६४ मतले पछि पार्दै घिमिरे नगर सभापतिमा निर्बाचित भएका हुन् ।

संस्थापन र देउवापक्षबीच कडा प्रतिष्पर्धा
जिल्लामा संस्थापन र देउवापक्षबीचमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । संस्थापन पक्षले नरेश श्रेष्ठलाई सभापतिकारुपमा उठाउने तयारी गरेको छ । उनलाई जिल्ला सभापति बिष्णुकुमार राई, क्षेत्र नम्बर १ का सभापति तिर्थ भट्टराई लगायतको साथ छ । यस्तै, देउवापक्षमा भने आकांक्षी धेरै देखिएका छन् । अहिलेसम्म साझा उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन । उनीहरुकालागि आकांक्षी व्यवस्थापन नै मूख्य चुनौतीकारुपमा देखिएको कतिपयको बुझाई छ ।

यद्यपी, महासमिति सदस्य सुवासकुमार पोखरेल, पुर्वराज्यमन्त्री सर्वधन राई, जिल्ला सचिव बीरकाजी राई लगायतको नाम चर्चामा छ । पुर्वबनराज्य मन्त्री शिबकुमार बस्नेत आफ्नो अनूकुलका सभापति बनाउन प्रयासरत छन् । भएभरका नेताहरु एकतिर लाग्दा पनि क्षेत्रीय सभापतिमा थोरै मत अन्तरले पराजित भएका देउवापक्षकै भूपेन्द्र राई समेत यसपल्ट आफ्नो स्थान पक्का गर्ने कसरतमा छन् । आकांक्षीका भीडमा आ–आफ्नो अनुकुलतामा निर्माण गर्न खोज्दा आफ्नै कारणले नेतृत्व गुम्ने खतरा देखिएको छ देउवापक्षमाथि । शुक्रबार र शनिबार सम्पन्न अधिबेसनबाट क्षेत्र नम्बर १ मा संस्थापन र क्षेत्र नम्बर २ मा देउवापक्षको पकड बलियो देखिएको कार्यकर्ताको आँकलन छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post