sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » दरबन्दी अनुसार कर्मचारी नहुँदा विद्युत उपभोक्ता मारमा

खोटाङ, ७ माघ । विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रमा दरबन्दी अनुसार कर्मचारी नहुँदा जिल्लाका उपभोक्ता मारमा परेका छन् । ५० जनाको दरबन्दी रहेको दिक्तेल वितरण केन्द्रमा हाल १४ जना मात्र स्थायी कर्मचारी रहेकाले समयमा काम नहुँदा विद्युत उपभोक्ता मारमा परेका हुन् । 

केन्द्रमा एक जना कार्यालय प्रमुख, एक जना लेखापाल, दुई जना सुपरभाईजर, दुई जना ईलेक्ट्रीसियन, पाँच जना हेल्पर र एक जना कार्यालय सहायक रहेका छन् । दरबन्दी अनुसार कर्मचारी नभएपछि ज्यालादारी कर्मचारी राखेर काम गर्नुपर्ने बाध्यता रहेको केन्द्रका प्रमुख पुरुषोतम रेग्मीले बताउनुभयो । “प्रयाप्त कर्मचारी नहुँदा सेवाग्राहीको माग अनुसार काम गर्न सकिएको छैन ।” उहाँले भन्नुभयो, “एकजना कर्मचारीले तीनदेखि चारवटासम्म गाविस समाल्नु पर्ने बाध्यता रहेको छ ।”

जिल्लामा बिस्तार गरिएको केन्द्रीय प्रशारण लाइनको विद्युत ३८ गाविसका एघार हजार घरधुरीले उपभोग गरिरहेका छन् । विद्युत प्राधिकरणको बेवास्ताका कारण महिनौंसम्म अध्यारोमा बस्नुपरेको उपभोक्ताको गुनासो छ । 

प्राधिकरणले बेवास्ता गर्दा दश महिना अघिदेखि अन्धकारमा बस्नुपरेको बाराहापोखरीका उपभोक्ताहरुले बताएका छन् । गत वैशाखमा जलेको विद्युत ट्रान्सफरमर प्राधिकरणले अहिलेसम्म मर्मत नगर्दा वडा नम्बर–७, ८ र ९ का स्थानीय उपभोक्ता अन्धकारमा बस्नुपरेको स्थानीय शिक्षक शम्भुकुमार मगरले बताउनुभयो । 

प्राधिकरणको बेवास्ताका कारण विद्युत महशुल बुझाउन आउने कतिपय उपभोक्ताले मासिक रुपमा ८० रुपैयाँ बुझाउन दुईदेखि तीन हजारसम्म खर्च गरेर सदरमुकाम धाउनुपर्ने अवस्था छ । कर्मचारी अभावकै कारण जिल्लाको अन्य ठाउँमा महशुल संकलन केन्द्र स्थापना गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post