sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » सोह्र वर्षपछि एजेण्टले फिर्ता गर्‍यो बदले कामीको धरौटी रकम

खोटाङ, १३ माघ । विदेश पठाइ दिन्छु भन्दै आफ्नै मामाको छोराले खोटाङका एक व्यक्तिबाट लिएको ५० हजार रुपैयाँ रकम सोह्र वर्षपछि फिर्ता दिएको छ । महेश्वरी–७ का बदले कामीबाट २०५६ सालमा साउदी पठाइ दिन्छु भन्दै बाकाचोल–४ का गणेश कालिकोटेले लिएको ५० हजार रुपैयाँ रकम सोह्र वर्षपछि बुधबार फिर्ता दिएको हो ।

बदलेबाट रकम लिएर विदेश नपठाइ उल्टै धम्की दिने गरेको समाचार गत असार २० गते राससमार्फत विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रशारण भएपछि गणेशले आफ्नो नाता पर्ने बास्पानीका वृखबहादुर विश्वकर्मामार्फत रकम पठाइ दिएको दिक्तेलका कानून व्यवसायी देवराज थुलुङले जानकारी दिनुभयो । कालीकोटेले पठाएको रकम कानून व्यवसायीहरुको रोहबरमा कागज गराएर बदलेलाई फिर्ता दिइएको छ ।

बदलेलाई साउदी लैजान्छु भन्दै पैसा लिएपछि विदेश पनि नपठाएको र त्यही पैसाले गणेश साउदी गएर आएको समाचार विभिन्न सञ्चार माध्यमबाट बाहिर आएको थियो । सहोदर मामाका छोरा गणेश भने बरु धरान बसाईँ सरेर राम्ररी घरजम गरेर बसेको तर पटक–पटक सम्पर्क गर्दा समेत भेट्न नसकिएको भन्दै रकम फिर्ता गराइ दिन बदलेले पत्रकारहरुलाई गुहार्दै आउनुभएको थियो ।

सोह्र वर्ष पहिले साउदीबाट ४४ महिनामा गाउँ फर्केका गणेशले बदलेगै अन्य आठ जनाको नाम भिसा भन्दै कम्प्युटर टाइप गरेर ल्याएका थिए । कम्प्युटरमा आफ्नो नाम टाइप भएको देखेर विश्वासका साथ ऋण काढेर विदेश जानका लागि पैसा बुझाएको तर साउदीबाटै फसाउने योजनाका साथ गणेश गाउँ आएको बदलेले बताउनुभएको समाचार बाहिर आएको थियो ।

गणेशसँगै गएर मेनपावर कम्पनीमा राहदानी बुझाएपछि विभिन्न बहाना गर्दै पाँच वर्षसम्म झुलाएपछि विदेश नगइ पैसा फिर्ता गर्ने सोचले पटक–पटक अनुरोध गरेको बदलेको भनाइ छ । “उनीसँग आफूले बुझाएको रकम पटक–पटक फिर्ता माग्दा फिर्ता दिइएनँ ।” उहाँले भन्नुभयो, “हुँदै नभएपछि तपाईहरुलाई साथ मागेको हुँ ।”

बदलेका अनुसार विदेश लैजान्छु भन्दै उहाँलाई ठगी गर्ने गणेश हाल साउदी अरबमा रहेका छन् । रकम फिर्ता माग्न उनको परिवारलाई सम्पर्क गर्दा उल्टै ज्यान मार्ने धम्की दिने गरेकोसमेत बदलेले बताउनुभएको थियो ।

सो समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारणपछि धरानमा व्यवसाय गर्दै आएका गणेशका छोरा जुलन कालिकोटे लगायत कालिकोटेका आफन्त पत्रकारहरुको सम्पर्कमा आएका थिए । छोरा जुलनले भने आफूहरुले कहिल्यै पनि धम्की नदिएको बरु रकम असुल्ने नाममा बदले आफैले डनहरु लगाउने प्रयास गरेको बताएका थिए ।

गणेशका आफन्तका अनुसार सो समयमा बदलेको भिसा भने लागेको देखिएको छ । आफूले बुझाएको ५० हजार रकम फिर्ता पाएपछि पत्रकारहरुलाई धन्यवाद दिदै अब कतै उजुरी नदिने र राजीखुशी हिसाब छिनोफानो भएको बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post