sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» »Unlabelled » खोटाङ कांग्रेस सभापतिमा देउवाबाट पोखरेल, संस्थापनबाट श्रेष्ठको उम्मेदवारी

खोटाङ, २४ माघ । सुवाष कुमार पोखरेलले नेपाली काँग्रेस खोटाङको छैटौं जिल्ला अधिवेशनका लागि देउवा पक्षबाट जिल्ला सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । संस्थापन पक्षबाट यसअघि नै नरेशकुमार श्रेष्ठले जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । 

दिक्तेलस्थित काँग्रेस पार्टी कार्यालय अगाडि आईतबार पत्रकार सम्मेलन गरेर पोखरेलले भने आइतबार जिल्ला सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । 

काँग्रेस खोटाङको छैटौं जिल्ला अधिवेशनमा सहमतीको प्रयास असफल भएपछि आफूले सभापतिमा उम्मेदवारी घोषणा गर्नुपरेको पोखरेलले बताउनुभयो । “साथीहरुसँग गरिएको सहमतीको प्रयास असफल भयो ।” उहाँले भन्नुभयो, “पार्टीलाई एक ढिक्का बनाएर लैजानु आजको आवश्यकता भएकाले आफूले सभापतिमा उम्मेदवारी दिएको हुँ ।” उहाँले थप्नुभयो, “सभापतिसँगै सबै पदमा आफ्नो पक्षको उम्मेदवारी रहने छ ।”

यद्यपि, सभापति बाहेक अन्य पदका उम्मेदवारको नामावली भने सार्वजनिक भएको छैन । सचिवमा युवा नेता भूपेन्द्र राई र रोजन राईमध्ये एक जनाको उम्मेदवारी पर्ने बताइएको छ ।

पोखरेलले उम्मेदवारी घोषणा गरेसँगै काँग्रेस खोटाङमा संस्थापन पक्ष र देउवा पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

संस्थापन पक्षमा जिल्ला सभापति विष्णुकुमार राई, सांसद् सरस्वति बजिमय लगायत छन् भने, देउवा पक्षमा पूर्व राज्यमन्त्रीहरु शिवकुमार बस्नेत र सर्वधन राई, जिल्ला सचिव वीरकाजी राई, युवा नेता भूपेन्द्र राई लगायत छन् । अधिवेशनमा दुबै पक्षले आ–आफ्नो पक्षको जित निश्चित रहेको दाबी गर्दै आएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post