sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » दादुरा–रुबेलाविरुद्ध एक महिने खोप अभियान सञ्चालन गरिने

खोटाङ, १९ माघ । दादुरा–रुबेलाविरुद्ध खोटाङमा एक महिने खोप अभियान सञ्चालन गरिने भएको छ । नेपाल सरकारको कार्यक्रम अन्तरगत जिल्ला अस्पताल खोटाङले आगामी फागुन–९ गतेबाट चैत–९ गतेसम्म एक महिने खोप अभियान सञ्चालन गर्न लागेको हो ।

अभियानका क्रममा नौं महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने अस्पतालका प्रमुख चिकित्सक पुजन बल्लले जानकारी दिनुभयो । एक महिने खोप अभियानका क्रममा पोलियो थोपासमेत खुवाइने बल्लको भनाइ छ ।

‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नाराका साथ सञ्चालन गर्न लागिएको खोप अभियान प्रत्येक गाविसको वडा–वडामा सञ्चालन हुने जनाइएको छ । अभियानका क्रममा छुटेका बालबालिकालाई आन्तरिक रुपमा छुट्टै अभियान सञ्चालन गरेर भएपनि खोप लगाउनबाट वञ्चित नगराइने बल्लले जानकारी दिनुभयो ।

दादुरा तथा रुबेलाका कारण बालबालिकाहरु अपाङ्ग हुने, कान नसुन्ने, निमोनिया, पत्थरिया, मुटुको रोगी, दिमागमा समस्या, अन्धोपना जस्ता प्राण घातक रोग लाग्ने जनाइएको छ । दादुरा र रुबेला सबैभन्दा छिटो सर्ने रोग हुनुका साथै यसबाट ज्यानै पनि जानसक्ने भएकाले अनिवार्य रुपमा खोप लगाउनुपर्ने अस्पतालले जनाएको छ ।

नेपाललाई आगामी सन् २०१७ भित्र पूर्ण खोपयुक्त घोषणा गर्ने सरकारी लक्ष्यका साथ यो अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । ७२ गाविस र एक नगरपालिका रहेको खोटाङ जिल्लामा हालसम्म तीनवटा गाविसलाई मात्र पूर्ण खोपयुक्त गाविसका रुपमा घोषणा गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post