sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु

खोटाङ, १५ फागुन । घाँस काट्न चढेको रुखबाट लडेर खोटाङमा एक महिलाको ज्यान गएको छ । जिल्लाको पश्चिमी गाविस सल्ले–३ की ३२ वर्षीया युवा आलेमगरको रुखबाट लडेर ज्यान गएको हो ।

घर नजिकै रहेको स्यालफोस्रेको रुखमा भैँसीलाई घाँस काट्न चढेकी मगरको हाँगा भाँचिएर लड्दा ज्यान गएको स्थानीय तीर्थराज पौडेलले बताउनुभयो । बिहीबार दिउसो रुखबाट लडेकी मगरलाई उपचारका लागि स्वास्थ्य संस्था लैजाने तयारी गर्दागर्दै साँझपख मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।

मृत महिलाको शव परीक्षण नै नगरी आज शुक्रबार दाहसंस्कार गरिएको स्थानीयले बताएका छन् । घटना भएको गाविस सदरमुकाम दिक्तेलबाट एक दिनको पैदल यात्रापछि पुगिन्छ ।

एक छोरा र एक छोरीकी आमा युवा मगर स्थानीय दूधकोसी प्राविकी प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँको श्रीमान रामबहादुर मगर इटहरी बस्दै आउनुभएको छ ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post