sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » हलेसीलाई नगरपालिका घोषणा गर्न मन्त्रालय समक्ष सिफारिस

खोटाङ, १५ फागुन । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीलाई नगरपालिका घोषणा गर्न स्थानीय विकास मन्त्रालयमा सिफारिस गरिएको छ । आसपासका चार गाविसलाई समेटेर हलेसी नगरपालिका घोषणा गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय समक्ष सिफारिस गरिएको हो । 
प्रस्तावित हलेसी नगरपालिकाका लागि हलेसीमहादेविस्थान, दुर्छिम, धितुङ र मङ्गलटार गाविसलाई मिलाएर नगरपालिका घोषणा गर्न सिफरिस गरिएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । नगरपालिका घोणणा गर्न छुट भएका गाविसको नाम सिफारिस गर्न मन्त्रालयबाट प्राप्तपत्र अनुसार आसपासका चार गाविसको नामसहित सिफारिस गरिएको पाण्डेले जानकारी दिनुभयो ।  
नयाँ नगरपालिका घोषणा गर्नका लागि प्रस्ताव आव्हानसहितको  पत्र मन्त्रालयबाट आएपछि जिल्लाका पाँच स्थान हलेसी, बुइपा, ऐसेलुखर्क, बाक्सिला र खोटाङबजार अग्रस्थानमा राखिएको थियो । अग्रस्थानमा राखिएका स्थानहरुको विषयमा जिल्ला विकास समितिले आयोजना गरेको सर्वपक्षीय भेलाले हलेसीलाई नगरपालिका घोषणा गर्न उपयुक्त रहेको ठहर गरेपछि मन्त्रालयमा सिफारिस गरिएको हो । 
७५ गाविस रहेको खोटाङ जिल्लामा यसअघि चार गाविसलाई मिलाएर दिक्तेललाई नगरपालिका घोषणा गरिसकिएको छ । घोषित दिक्तेल नगरपालिकामा नेर्पा गाविसलाई पनि गाभ्न सर्वपक्षीय भेलाले सिफारिस गरेको छ । 
दिक्तेल नगरपालिका दिक्तेल, लफ्याङ, खाल्ले र बाम्राङ गाविसलाई समेटेर घोषणा गरिएको थियो । नगरपालिका घोषणा भएको यतिका वर्ष बितिसक्दा पनि नगरक्षेत्रमा सडक, खानेपानी, ढलनिकास लगायतका पूर्वाधार बन्न सकेको छैन । 
भौतिक पूर्वाधार तयार नगरी जथाभावी नगरपालिका घोषणा गर्दा समस्या हुने सरोकारवालाको अनुमान छ । दिक्तेल नगरपालिकामा हालसम्म पनि विकासका गतिले तिब्रता पाउन भने सकेको छैन ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post