sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » चाम्लिङ भाषाको गीति भिडियो संग्रह निर्माण अन्तिम चरणमा

रामधन राई/खोटाङ, खोटाङ, ७ फागुन । भाषा तथा मौलिक संंस्कारको जगेर्नाका साथै साँस्कृतिक जागरणका लागि निर्माण भईरहेको किरात राई चाम्लिङ भाषाको गीति भिडियो संग्रह अन्तिम चरणमा पुगेको छ । किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्य समिति ललितपुरले निर्माण गरिरहेको चाम्लिङ राईको भाषा तथा संस्कारमा आधारित गीति भिडियो संग्रह अन्तिम चरणमा पुगेको हो । खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर र काठमाण्डौं लगायतका किरात राईका ऐतिहासिक थातथलोमा छाँयाँङकन गरिएको गीति भिडियो संग्रह अब चाँडै निर्माण सम्पन्न गरिने जनाईएको छ । 

चाम्लिङ राईहरुको भाषा तथा मौलिक संस्कारको उत्थान र जर्गेना गर्ने उदेश्यले ऐतिहासिक गीति भिडियो संग्रह निर्माण शुरु गरिएको निर्माता संस्थाका सहसचिब तथा निर्माण समितिका संयोजक रेवत राईले जानकारी दिए । चर्चित गायक तथा संगीतकार समेत रहेका राईका अनुसार देशबिदेशमा रही मौलिक परम्परा, भाषा , संंस्कार तथा इतिहासलाई सम्मान र संरक्षण गर्ने ब्यक्तिहरुले समेत यस कार्यको लागि सहयोग गरेका छन् । चाम्लिङ तथा अन्य राईहरुको ऐतिहासिक महत्व राख्ने स्थानहरुमा गरिएको चाम्लिङ राई भाषाको गीति भिडियोमा बिवाह मगनी, हाटबजार, उधौली–उभौलीलगायतका दृश्यहरु समेटिएको निर्देशक रोशन राईले बताए । निर्देशक राईका अनुसार यो भिडियो संग्रहले भाबी पुस्तालाई समेत आफ्नो मौलिक संस्कार, संस्कृति तथा इतिहासबारे सजक गराउने छ । रोशन राईसँगै जनक राई र भोगेन राईले समेत गीति भिडियो संग्रहको लागि निर्देशन गरेका छन् ।

गायक तथा संगीतकार रेवत राई स्वयमले समेत अभिनय गर्ने भिडियोहरुमा नब कलाकार रस्बिना राई, बसन्त राई, कलाकार तथा निर्माता संस्थाका पदाधिकारीद्वय डिगमसुर राई र धनकुमार राई, रामधन बेदना लगायतले अभिनय गरेका छन् । 

गीतकाररु बीरेन्द्र राई, टीका चाम्लिङ, ईश्वर चाम्लिङ, नाकिमा नाकिम को शब्दमा शान्तिराम राई, डक्टर किरात, राई नबीन र रेवत राईको संगीत रहेका छन् । राजेशपायल राई, रेवत राई, मेलिना राई, जानुका राई, पालुवास्टार, सागर संसार राई, निश्चल राई, बबिना किराती, नम्रता राई, रोश्मा राईलगायतको स्वर छन् । भाषा अनुबाद भने भाषा अनुसन्धानकर्मी गडुलमान राई, अधिबक्ता शान्तिकुमारी राई र तिलक चाम्लिङले गरेका हुन्  । गीति भिडियो निर्माणको लागि देशबिदेशका शुभचिन्तक किरातीहरुबाट सहयोग रकम जुट्ने क्रम जारी छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post