sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » विवाह भोजमा गएका वृद्ध मृत फेला

खोटाङ, १९ माघ । विवाह भोजमा गएका खोटाङका एक वृद्ध मृत फेला परेका छन् । छिमेकीकामा विवाह भोज खाएर घर फर्किएका बोपुङ–२ का ६४ वर्षीय जयबहादुर राई मङ्गलबार दिउँसो मृत फेला परेका हुन् ।

अत्यधिक मादक पदार्थ सेवन गरेर सोमबार बेलुका घर हिँडेका वृद्धलाई सोही गाविसको लहरेटोलस्थित भीरमुनी मृत फेला पारिएको स्थानीय राजकुमार बस्नेतले जानकारी दिनुभयो । साँघुरो बाटो रहेको लहरेटोलमा मादक पदार्थ सेवन गरेर हिँडेका वृद्ध हुर्हिएर भीरमुनी झरेको हुन सक्ने स्थानीयको अनुमान छ ।

विवाह घरबाट आफ्नो घर हिँडेका जयबहादुर घर नपुगेपछि खोजी गर्नेक्रममा भीरमुनी करिब ३५ मिटर तल मृत फेला पारिएको जनाइएको छ । मृत वृद्धको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लैजान भनिएको प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post