sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » रक्सीले मातेर सुतेका व्यक्ति मृत फेला

खोटाङ, २० माघ । रक्सीले मातेर सुतेका खोटाङका एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको पश्चिमी गाविस–१  वडका दियालेका ४५ वर्षीय चन्द्रकुमार राई बुधबार बिहान मृत फेला परेका हुन् ।

छिमेकीकामा आयोजना गरिएको विवाह भोजमा खाएको रक्सीले मातेका चन्द्रकुमार मङ्गलबार बेलुका घरमा आएर सुतेका थिए । मातेर लठ्ठ परेका चन्द्रकुमारले घरमा आएर श्रीमती र छोरालाई समेत सामान्य कुटपिट गरेको स्थानीयले बताएका छन् ।

घटनाको यकिन जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान गर्न प्रहरी टोली खटाइएको माझीको भनाइ छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post