sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ट्याक्टर पल्टिँदा बृद्धको ज्यान गयो

खोटाङ, १६ फागुन । खोटाङमा ट्याक्टर पल्टिँदा एक बृद्धको ज्यान गएको छ । चिसापानीबाट धाप्लाङतर्फ जाँदै गरेको र को २ त १९८०  नम्बरको ट्याक्टर पल्टिँदा साउनेचौंर–२ का ६० वर्षीय नीरबहादुर मगरको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक काशीनाथ रेग्मीले बताउनुभयो ।

दुर्घटनामा साउनेचौंर–७ का ४२ वर्षीय नरनाथ पौडेलको दाहिने भाँचिएको छ । ट्याक्टर शनिबार साँझ साउनेचौंर–२ मा सडकबाट ३५ मिटर तल खसेको थियो ।

घाईते पौडेललाई अन्यत्र लैजाने तयारी भइरहेको स्थानीय नागरिक सचेतना केन्द्रकी अध्यक्ष अनिता श्रेष्ठले जानकारी दिनुभयो । कच्ची सडक साँघुरो भएका कारण ट्याक्टर पल्टिएको अनुमान गरिएको छ । ट्याक्टर चालक फरार भएका छन् । घट्नास्थलमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा प्रहरीको टोली पुगेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post