sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » करेन्ट लागेर मृत्यु

खोटाङ, १० फागुन । बिजुलीको स्वीच बनाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्युृ भएको छ । जिल्लाको दक्षिणी इन्द्रेणीपोखरी गाविस–२, हर्लुङ्छाका १६ वर्षीय मनोज राईको आइतबार राती ९ बजे मृत्यु भएको हो । आफ्नै घरमा विजुली विग्रिएपछि स्वीच बनाउने क्रममा साँझ ५ बजे राईलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर सख्त घाइते भएका उनलाई उपचारको लागि धरान लैजाने क्रममा लिच्कीराम्चेस्थित रसुवाघाटमा पुर्‍याएपछि मृत्यु भएको स्थानीय देवेन्द्र राईले जानकारी दिए । बाटैमा राती मृत्यु भएका राईको शव घरैमा फर्काएर ल्याईएको बताइएको छ । राईको शव पोष्टमार्टमका लागि उदयपुरको गाइघाट लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी विद्यानन्द माझीले जानकारी दिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post