sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » समाजबादी बिद्यार्थी फोरम गठन भएकोमा खुसीयाली

खोटाङ, फागुन । संघीय समाजबादी फोरम निकट समाजबादी बिद्यार्थी फोरम घोषणा भएकोमा खोटाङमा खुसीयाली मनाइएको छ ।

संघीय समाजबादी फोरम निकट संघीय बिद्यार्थी युनियन, मधेसी जनअधिकार फोरम निकट मधेसी बिद्यार्थी फोरम र राष्ट्रिय खस बिद्यार्थी समाजबीच एकीकरण भएकोमा दिक्तेलमा खुसीयाली मनाइएको हो ।
मातृ पार्टीबीचमा एकीकरण भएको केही समयपछि उनीहरु निकट बिद्यार्थी संगठनबीच बुधबार मात्र एकीकरण भएको हो । एकीकरणको घोषणा लगत्तै सुम्नीमा होटलमा पत्रकार भेटघाट गरी समाजबादी बिद्यार्थी फोरमले संगठनका बिषयमा जानकारी गराएका छन् ।

पत्रकार भेटघाटमा समाजबादी बिद्यार्थी फोरमका केन्द्रीय सदस्य रबिन खम्बूले अवको बिद्यार्थी आन्दोलन आफ्नो बिद्यार्थी संगठनले हाँक्ने दाबी गरे । ‘समाजबादी बिद्यार्थी फोरमले समाजबादी शिक्षा नितीमा जोड दिन्छ,’ केन्द्रीय सदस्य राईले भने, ‘अवको बिद्यार्थी आन्दोलन हाँक्ने एक मात्र शक्तीकारुपमा संगठन स्थापित हुने छ ।’

खोटाङकै बिबेक राईको अध्यक्षतामा समाजबादी बिद्यार्थी फोरमका केन्द्रीय समिति घोषणा गरिएको छ । केन्द्रीय समितिमा खम्बू बाहेक, निर्मल राई, प्रकाश चामलीङ र मनकाजी राई समाबेश भएका छन् । पत्रकार भेटघाट कार्यक्रममा संघीय समाजबादी फोरमका जिल्ला अध्यक्ष सुर्य राई लगायतका नेताहरुको उपस्थिति थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post