sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » राष्ट्रपति रनिङ शिल्ड हप्‍ता दिनपछि

खोटाङ, १६ फागुन । खोटाङमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत कराते र तेक्वान्दो बाहेकका छनौट खेल सम्पन्न भएको छ । क्षेत्र नम्बर–१ को छनौट खेल गत फागुन ५ गतेदेखि ७ गतेसम्म बाक्सिलामा र क्षेत्र नम्बर २ अन्तरगतको निर्वाचनक्षेत्र स्तरिय छनौट प्रतियोगीता खोटाङबजारमा फागुन ९, १० र ११ गते आयोजना गरिएको थियो ।

फागुन–२० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरिय राष्ट्रपति कपमा सहभागीताकालागि निर्वाचन क्षेत्र स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाट भलिबल, एथ्लेटिक्स र कबर्डीतर्फका खेलाडी छनौट भइसकेका छन् । राष्ट्रपति रनिङ शिल्ड अन्तरगत सितारोरियो कराँते प्रतियोगीता सोमबार र मगलबार अर्खौलेमा तथा तेक्वान्दोतर्फको प्रतियोगीता फागुन–२० गतेदेखि २२ गतेकोबीचमा सञ्चालन गरिने जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख लिलाभक्त केसीले जानकारी दिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post