sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » अग्नी पिडितको सहयोगमा राहत संकलन अभियान

खोटाङ, १० फागुन । खोटाङको बाक्सिलाका अग्नी पिडित परिवारको सहयोगमा राहत संकलन अभियान सुरु गरिएको छ । गत शुक्रबार भएको आगलागीमा घर तथा अन्न, कपडा लगायतका बन्दोबस्तीका सामान जलेपछि बिचल्नीमा परेका बाक्सिला–२ पिपलडाँडाकाका ८ घर अग्नी पिडित परिवारको सहयोगमा नगद, खाद्यान्न लगायतका राहत सामग्री जुटाउन अभियान चलाइएको हो ।

बिद्युत सर्ट भएका कारण लागेको आगोले स्थानीय बलबहादुर तामाङ, सेतीमायाँ तामाङ, रत्नकुमार तामाङ, अविराज तामाङ, लालबहादुर तामाङ, लक्ष्मण तामाङ, मणिराज तामाङ, झिल्के तामाङ र चुच्चे तामाङको घर जलेर नष्ट भएको छ । तामाङबस्तीमा लागेको आगोले ९ परिवारको करिब ४५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीको अनुमान छ । 

आगलागीबाट बिस्थापित बनेका पिडितको सहयोगार्थ बाक्सिलाबजारमा दल, व्यवसायी, स्थानीयको सर्वपक्षीय समुहले १ लाख रकम र २१ बोरा चामल संकलन गसिसकेको छ । सो अभियान जारी रहेको छ । यस्तै, आगलागी पिडितको सहयोगमा आईतबार सदरमुकाम दिक्तेलमा कांग्रेसले १४ हजार ६०५ रुपैयाँ संकलन गरेको जिल्ला सदस्य समिर राईले बताए । आगलागीबाट बिस्थापित परिवारलाई घटनाको भोलीपल्ट अस्थायी बसोबासकालागि जिल्ला दैबीप्रकोप उद्धार समितिले प्रतिपरिवार ५ हजार र रेडक्रसले पाल वितरण गरेको थियो ।

यस्तै, जिल्ला दैबीप्रकोप उद्धार समितिको आग्रहमा खोटाङ उद्योग बाणिज्य संघले अग्नी पिडित परिवारलाई खाद्यान्न उपलव्ध गराउने भएको छ । दैबीप्रकोप उद्धार समितिको सोमबार बसेको बैठकले आगलागी पिडितलाई खाद्यान्न जुटाउन आग्रह गरेको थियो । समितिको आग्रहमा अग्नी पिडितलाई आवश्यक खाद्यान्न, जिन्सी सामान जुटाउन अभियान सुरु गरिएको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । ‘आगलागी पिडितलाई खाद्यान्न बाहेक जिन्सी सामान समेत दिने तयारी भइरहेको छ,’ अध्यक्ष लयालुले भने, ‘तत्काल संघको बैठक बोलाएर अभियान सुरु गर्ने छौँ ।’

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बिद्यानन्द माझीका अनुशार आगलागीमा रत्नकुमारको ८ लाख, बलबहादुरको ८ लाख, लक्ष्मणको ५ लाख, मणिराजको  ५ लाख, सेतीमायाँको ४ लाख बरावरको क्षति भएको छ । यस्तै, अविराजको घर जल्दा ४ लाख, झिल्केको ४ लाख, चुचे तामाङको ४ लाख र लालबहादुरको ३ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post