sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » भूकम्पले क्षतीग्रस्त बिद्यालयलाई प्रबासबाट थप ५४ हजार

खोटाङ, ६ फागुन । भूकम्पले क्षतीग्रस्त खोटाङको एक बिद्यालय पुःर्नमर्मतकालागि प्रबासबाट थप ५४ हजार प्राप्त भएको छ । गत बैसाख–१२ गतेको भूकम्पका कारण क्षतीग्रस्त बनेको नुनथला–८ गैरीस्थित नवज्योती प्राबिको भवन पुःर्नमर्मतकालागि फेसबुकमार्फत मलेसियाबाट ४६ हजार १२४ रुपैयाँ प्राप्त भएको बिद्यालयलाई पुःन कतारबाट ५४ हजार जुटेको हो । फेसबुकबाट मलेसियामा संकलन भएको रकम केही समयअघि अभिभाबकमार्फत बिद्यालयको नाममा पठाइएको थियो । 

 
रोजगारीका सिलसिलामा प्रबासमा काम गरिरहेका कामदारबाट बिद्यालयको पुःर्ननिर्माणकालागि स्वेच्छिकरुपमा रकम उठाइएको हो । विद्यालयको पुःर्नमर्मतकालागि श्रोत जुटाउन हाल मलेसियामा कार्यरत खोटाङका चिसाङ शेर्पाको पहलमा सञ्चालन गरिएको ‘फेसबुक ग्रुप च्याटिङ’मार्फत मलेसिया, कतार, साउदीअरब लगायतका मुलुकमा अभियान चलाइएको छ ।

फेसबुक ग्रुप च्याटमार्फत मलेसियाबाट सुरु गरिएको ‘बिद्यालय सघाउ’ अभियान क्रमशः कतार, साउदी, दुबई लगायतका मुलुकमा पुगेको अभियानका अगुवा शेर्पाले बताए । मलेसियाबाट अभियान सुरु गरेका चिसाङलाई खोटाङ तथा अन्य जिल्लाका युवाको साथ छ । कतारमा रबिन शेर्पाको संयोजनमा सहयोग रकम उठेको हो । प्रबासमा रहेका युवाको पहलमा आएको रकमलाई क्षतीग्रस्त बिद्यालयको भवन मर्मत, शैक्षिक तथा खेलकुद सामग्री खरिद, शिक्षककालागि तलब ब्याबस्थापन, शैक्षिक तथा चेतनामूलक कार्यक्रममा सदुपयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम तामाङले बताए । २०६५ सालमा स्थापना भएको बिद्यालयमा ३ कक्षासम्मको पढाइहुँदै आएको छ । विद्यालयमा हाल तीन जना शिक्षक कार्यरत छन् ।

सहयोगी हातहरु:
कृष्णप्रसाद भण्डारी गुल्मी 550,
फुर्वा शेर्पा 10,000
चिसाङ शेर्पा 10,000
मालक्ष्मी थुलुङ 1,125
संयोग शेर्पा 3,750
सुर्यकुमार राई 1500,
बुद्धिमान तामाङ 3,835,
इन्द्रबहादुर तामाङ 10,731,
कर्साङ शेर्पा 5,877
जम्मा 46,124 ।

यस्तै कतारका सहयोगी दाताहरु ।
रबिन शेर्पा 500,
यामकुमार तामाङ 550,
बलराम तामाङ 100,
रमेश पहाडी 110,
दोर्ची शेर्पा 100,
ओमकर्ण राई 55,
राजन गुरुङ 300
धुर्ब चाम्लिङ 30,
डिल्लीशेर खड्का 50 
जित बहादुर 20
जम्मा 1823*29.92=54000 ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post