sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ‘खोटाङ गैर सरकारी संस्था महासङ्घ नेपाल’ प्रशासनमा दर्ता

खोटाङ, २८ माघ । जिल्लामा छुट्टै अस्तित्व बोकेको गैर सरकारी संस्था ‘खोटाङ गैर सरकारी संस्था महासङ्घ नेपाल’ प्रशासनमा दर्ता भएको छ ।

तत्कालीन गैर सरकारी संस्था महासङ्घ जिल्ला शाखा खोटाङ राजनीतिक दलको भातृ संस्था भएको भन्दै जिल्लामा क्रियासिल स्वतन्त्र गैससकर्मीहरुले छुट्टै संस्था स्थापना गरेर जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको हो ।  
तत्कालीन गैसस महासङ्घको १२ औं साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनमा गैर सरकारी संस्थाहरुको मर्म, भावना र आचारसंहिता बिपरित नेकपा एमालेको निर्देशनमा महासङ्घलाई भातृ संगठन बनाएकाले आफूहरुले छुट्टै संस्था दर्ता गरेको महासङ्घको सल्लाहकार समितिका संयोजक चक्रकुमार राईले बताउनुभयो । “प्रजातन्त्रको पुनः प्राप्तिपछि जिल्लामा थुप्रै किसिमका विभिन्न उद्देश्य राखी संस्था दर्ता ऐन, २०३४ बमोजिम सामाजिक हितको खातिर दर्ता भइ क्रियाशील रही आएका छन् ।” उहाँले भन्नुभयो, “ती सबै संस्थाहरुको अस्तित्व जोगाउँदै सामाजिक रुपान्तरण गर्न हामीले स्वतन्त्र साझा संस्था दर्ता गरेका हौं ।”
तत्कालीन गैसस महासङ्घले जिल्लामा क्रियाशील गैर सरकारी संस्थाहरुको मर्म, भावना र आचारसंहितालाई समेटी लैजानु पर्नेमा त्यसो नगरी एकलौटी रुपमा एउटा राजनीतिक पार्टीको निर्देशनमा महासङ्घलाई भातृ संगठनको रुपमा परिणत गर्न पुगेको महासंघले जनाएको छ । सबै क्षेत्र र वर्गलाई समेटेर समिति बनाउन पहल गर्नुपर्नेमा त्यसो नगरी पार्टीबाट निर्देशन भएको भन्दै राजनीतिक आस्थाको भागबन्डाको रुपमा प्रस्ताव गरेको कारण तत्कालीन गैर सरकारी संस्था महासङ्घको सदस्यता परित्याग गरेको जनाएको छ । 
जिल्ला प्रशासनमा बिहीबार दर्ता भएको महासङ्घको अध्यक्षमा हात्तीराम राई, वरिष्ठ उपाध्यक्षमा बिमला राई, उपाध्यक्षमा तेजकुमार राई, महासचिवमा हरिकाजी बुढाथोकी, कोषाध्यक्षमा गीता राई र सहकोषाध्यक्षमा हरिकुमारी राई रहनुभएको छ । समितिको सदस्यमा प्रकाश श्रेष्ठ, दानबहादुर राई, ज्ञानदीप कार्की, निरकला राई, लक्ष्मी राई, कोमलराज पोखरेल, भक्तबहादुर राई र मिलन चाहार रहनुभएको छ । यस्तै, चक्रकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यमा दानबहादुर राई, धनप्रसाद गिरी, धनकुमार जोशी र ध्रुवविक्रम राई रहनुभएको छ । 
प्रशासनमा दर्ता भएपछि महासङ्घले पत्रकार सम्मेलन गरेर संस्थाको भावी रणनीतिसमेत सार्वजनिक गरेको छ । सदस्यता खुला, जिल्लाको सामाजिक विकासको नेतृत्वदायी भूमिकाको जिम्मेवारी लिने, सुशासनलाई बढवा गर्न सहयोग गर्ने, आचारसंहिता, मूल्यमान्यता, आदर्श र सामाजिक रुपान्तरण गर्दै खोटाङ जिल्लाका सबै गैससलाई आवद्ध गर्ने,  INGO स्थापना गर्ने, समानुपातिक एवम् समावेशीकरणको सिद्धान्तलाई अङ्गिकार गर्ने र गैर सरकारी संस्थाहरुको संस्थागत क्षमता तथा दक्षता बृद्धि गराउन पहल गर्ने जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post