sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» »Unlabelled » काँगेसद्धारा क्षेत्रिय सभापतिको उम्मेद्वारी घोषणा

खोटाङ, २० माघ । खोटाङमा नेपाली काँगेस क्षेत्र नम्बर दुईले क्षेत्रिय सभापतिको उम्मेद्वारी घोषणा गरेको छ । माघ २२ गते हुने क्षेत्रिय अधिवेशनका लागि काँग्रेसले क्षेत्रिय सभापतिको उम्मेद्वारी घोषणा गरेका हो । काँग्रेसले देउवा पक्षबाट सभापतिमा महेन्द्र कुमार कट्वालको उम्मेद्वारी घोषणा गरेको छ भने, सस्थापन पक्षले तिर्थराज भट्टराईको उम्मद्वारी घोषणा गरेको छ । देउवा पक्षबाट क्षेत्रिय सचिवमा राम साम्पाङ राई र संस्थापन पक्षबाट तारामान राईको उम्मेद्वारी रहेको काँग्रेसले जनाएको छ । यस्तै क्षेत्र नम्बर १ बाट सस्थापन पक्षले सभापतिमा ईवन राई र सचिवमा ईश्वर राईको उम्मेद्वारी रहेको काँग्रेसले जनाएको छ । देउवा पक्षबाट भने क्षेत्र नम्बर १ को उम्मेद्वारी घोषणा भएको छैन् ।


यस्तै, शान्तिपूर्ण ढँगबाट क्षेत्रिय अधिवेशन सफल बनाउँन क्षेत्र नम्बर २ को अधिवेशनस्थल सीम्पानीबजारलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । माघ २२ गते हुने क्षेत्रिय अधिवेशनलाई लक्षीत गर्दै काँग्रेसले सीम्पानीबजारलाई माघ २१ गतेदेखि २३ गतेसम्म मदिरा निषेधित क्षेत्र घोषणा गरेको हो । 

यस अघि भएको गाविस अधिवेशनममा संस्थापन र देउवापक्षका नेता तथा कार्यकर्ताबीचमा सहमती जुट्न नसक्दा दिक्तेल नगरपालिकासहित क्षेत्र नम्बर–२ का चिसापानी, काहुले, बड्कादियाले, डाँडागाउँ, मात्तिम, पौवासेरा र दिप्लुङमा निर्वाचन भएको थियो  । यस्तै, क्षेत्र नम्बर–१ का मंगलटार, धितुङ, बाक्सिला, खार्मी, राजापानी, सप्तेश्वर र सुंदेलमा निर्वाचन भएको थियो । कांग्रेसका अनुशार कतिपय गाबिसमा सभापति, कतिपय गाबिसमा खुल्ला सदस्य, महिला तथा जनजातीकै कोटामा सहमती नजुट्दा निर्वाचन भएको हो । अन्य गाबिसमा भने सर्वहसमतीमा अधिबेसन सम्पन्न भएको थियो ।

संस्थापन र देउवापक्षबीच कडा प्रतिष्पर्धा हुने

जिल्लामा संस्थापन र देउवापक्षबीचमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । संस्थापन पक्षले नरेश श्रेष्ठलाई जिल्ला सभापतिकारुपमा उठाउने तयारी गरेको छ । उनलाई जिल्ला सभापति बिष्णुकुमार राई, क्षेत्र नम्बर १ का सभापति तिर्थ भट्टराई लगायतको साथ छ । यस्तै, देउवापक्षमा भने आकांक्षी धेरै देखिएका छन् । अहिलेसम्म साझा उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन । उनीहरुकालागि आकांक्षी व्यवस्थापन नै मूख्य चुनौतीकारुपमा देखिएको कतिपयको बुझाई छ ।

यद्यपी, महासमिति सदस्य सुवासकुमार पोखरेल, पुर्वराज्यमन्त्री सर्वधन राई, जिल्ला सचिव बीरकाजी राई लगायतको नाम चर्चामा छ । पुर्वबनराज्य मन्त्री शिबकुमार बस्नेत आफ्नो अनूकुलका सभापति बनाउन प्रयासरत छन् । यस्तै, भएभरका नेताहरु एकतिर लाग्दा पनि क्षेत्रीय सभापतिमा थोरै मत अन्तरले पराजित भएका देउवापक्षकै भूपेन्द्र राई समेत यसपल्ट आफ्नो स्थान पक्का गर्ने कसरतमा छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post