sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » निर्वाचन क्षेत्र स्तरिय राष्ट्रपति रनिङ शिल्डमा भगवती उच्च माबि प्रथम

खोटाङ, १५ फागुन । खोटाङको खोटाङबजारमा सम्पन्न निर्वाचन क्षेत्र स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा भगवती उच्च माबि ९ स्वर्णसहित प्रथम भएको छ । फागुन–२० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरिय राष्ट्रपति कपमा सहभागी हुने खेलाडी छनौटकालागि खोटाङबजारमा आयोजना गरिएको क्षेत्र नम्बर २ अन्तरगतको निर्वाचन क्षेत्र स्तरिय छनौट प्रतियोगीतामा २२८ अंक ल्याएर भगवती उच्च माबि प्रथम भएको हो ।

प्रतियोगीतामा १६४ अंकसहित ६ स्वर्ण जित्दै शंखेश्वरी माबि खिदिमा दोश्रो र १२६ अंककासाथ ५ स्वर्ण जित्दै महेन्द्रोद्धय माबि तेश्रो भएका छन् । प्रतियोगीतामा क्षेत्र नम्बर २ भित्रका ११ माबिको सहभागीता रहेको जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख लिलाभक्त केसीले जानकारी दिए ।

क्षेत्र नम्बर–१ को छनौट खेल गत फागुन ५ गतेदेखि ७ गतेसम्म बाक्सिलामा भएको थियो । छनौट खेलमा तेक्वान्दो, सितोरियो कराँते, भलिबल, एथ्लेटिक्स र कबर्डी प्रतियोगीता भएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post