sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » प्रेस चौतारी खोटाङद्धारा दुई पत्रकार सम्मानित

खोटाङ, १७ फागुन । प्रेस चौतारी नेपाल खोटाङले जिल्लाका दुई पत्रकारलाई सम्मान गरेको छ । चौतारीको दशौं साधारणसभा तथा चौथो जिल्ला अधिवेशनको अवसर पारेर जेष्ठ पत्रकार कृष्ण आचार्य र नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दमन राईलाई सम्मान गरेको हो ।

सम्मानित पत्रकारद्धयलाई कार्यक्रमका प्रमुख अतिथि तथा व्यवस्थापिका संसदका सदस्य विशाल भट्टराईले जनही नगद दुई हजार ५०० को साथमा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभयो । पत्रकारिताको माध्यमबाट जिल्लाको समृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पत्रकारद्धयलाई सम्मान गरिएको चौतारीका जिल्ला अध्यक्ष हरिवोल आचार्यले बताउनुभयो ।

नवसंवाद पाक्षिकका सम्पादक आचार्य चार दशकदेखि निरन्तर पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ भने, महासङ्घका अध्यक्ष राई डेढ दशकदेखि निरन्तर पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ । अध्यक्ष राई नागरिक दैनिकका खोटाङ सम्वाददाता हुनुहुन्छ ।

चौतारीले बिगत वर्षहरुदेखि नै जिल्लामा क्रियाशील दुई पत्रकारलाई सम्मान गर्दै आएको थियो । आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने चौतारीले जनाएको छ ।

चौतारीको चौथो जिल्ला अधिवेशनको अहिले बन्दसत्र चलीरहेको छ । दिक्तेलस्थित होटल शुभदिनमा जारी अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने चौतारीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post