sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » सगरमाथा फाइनान्सको नवौं शाखा दिक्तेलमा

खोटाङ, १९ माघ । सगरमाथा फाइनान्स लिमिटेडले खोटाङको दिक्तेलमा आफ्नो सेवा बिस्तार गरेको छ । ललितपुरको मानभवनमा केन्द्रिय कार्यालय रहेको संस्थाले नवौं शाखाका रुपमा दिक्तेलबाट आफ्नो सेवा बिस्तार गरेको हो ।

तीन महिनाअघिदेखि सञ्चालनमा रहेको संस्था मङ्गलबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष मदन राईले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

यसअघि ललितपुर जिल्लाको गाःवहाल, झापाको  विर्तामोड र दमक, सुनसरीको धरान र इटहरी, मोरङको बिराटनगर, सोलुखुम्बुको सल्लेरी र भोजपुर जिल्लाको सदरमुकाम भोजपुरमा शाखा सञ्चालनमा ल्याइसकेको छ । संस्थाले चाडै नै ओखलढुङ्गामा दशौं शाखा उद्घाटन गर्ने तयारी गरेको सस्थाले जनाएको छ ।

२०६२ साल भादौ १३ गते ललितपुरको मानभवन केन्द्रिय कार्यालयबाट कारोबार सुरु गरेको संस्थाले कारोबारको पहिलो वर्षबाट नै मुनाफा कमाएको जनाइएको छ । संस्थाको हाल निक्षेप करिब दुई अर्ब ९० करोड र कर्जा लगानी दुई अर्ब २० करोड रहेको अध्यक्ष मदन राईले जानकारी दिनुभयो । “संस्थाले स्थानीयस्तरमा निक्षेप संकलन गर्नुका साथै विभिन्न उत्पादनशील क्षेत्रमा कर्जा प्रबाह गर्नेछ ।” उहाँले भन्नुभयो, “यही लक्ष्यका साथ निकट भविष्यमा काठमाडौं उपत्यका र देशका अन्य सम्भाव्य स्थानमा शाखा खोल्ने तयारी गरिएको छ ।”

उद्घाटन कार्यक्रममा संस्थाको विविध पक्षहरुको बारेमा जानकारी गराउनुहुँदै कम्पनीका सञ्चालक दिनेश राईले जिल्लामा एक करोड बढी निक्षेप संकलन गरिसकिएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालय तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधि, विभिन्न संघसंस्था र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post