sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » हचुवाको भरमा स्वयम्सेवक छनौट गरिएको भन्दै प्रशासनमा ज्ञापन

खोटाङ, १८ माघ । हचुवाको भरमा खेलकुद स्वयम्सेवक छनौट गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाइएको छ । जिल्ला खेलकुद विकास समिति खोटाङले स्वयम्सेवक छनौट गर्दा योग्यता नपुगेका उम्मेदवारलाई छनौट गरेको भन्दै सोमबार प्रशासनमा ज्ञापनपत्र बुझाइएको हो ।

गत माघ १७ गते प्रकाशन गरिएको नतिजामा योग्यता नपुगेका उम्मेदवारको नाम आएपछि छानविनगरि कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्का समक्ष ज्ञापनपत्र बुझाइएको मिलन कसजुले जानकारी दिनुभयो । “हचुवाको भरमा योग्यता नपुगेका व्यक्तिलाई खेलकुद विकास समितिले स्वम्सेवकमा छनौट गरेको छ ।” करातेका राष्ट्रिय खेलाडीसमेत रहनुभएका कसजूले भन्नुभयो, “खेलकुद विकास समितिको उक्त नियतबारे कार्यविधि बमोजिम पुर्नमुल्याङकन गर्न माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाइएको हो ।”

खेलकुद विकास समितिले खेलकुद प्रशिक्षणका लागि युवा स्यवम्सेवक परिचालन कार्यविधि २०७२ अनुसार उम्मेवारको मुल्याङकन नगरेको ज्ञापनपत्रमा उल्लेख छ । निस्पक्ष स्वम्सेवक छनौटगरि खेल क्षेत्रको विकास गर्नुपर्नेमा खेलकुद विकास समितिले खेलाडीको आफ्नो पक्षका व्यक्तिलाई छनौट गरेर खेलाडीको भविष्यमाथि खेलवाड गरेको भन्दै ज्ञापनपत्रमा  आपत्ती जनाइएको छ ।

यता प्रमुख जिल्ला अधिकारी खड्काले भने यसबारे छानविन गरि समस्या सामाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post