sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङमा ‘थिबिया’ हेर्नेको भीड: ‘किराती ऐतिहासिक दस्ताबेज हो थिबिया’

रामधन राई/खोटाङ, फागुन–१, एकातिर शनिबारको बिदा अर्कोतिर सरस्वती पूजा गर्ने श्रीपञ्चमी पर्ब । तर खोटाङ सदरमुकाम दिक्तेलमा भने चहलपहल अर्कै थियो । सबैको मुखमा झुण्डिएको सुनिन्थ्यो ‘थिबिया’ । बिहान करिब १०–११ बजेदेखि नै जिल्ला प्रशासन नजिक रहेको समीक्षालय हल आसपास जम्मा भएका मानिसहरु एकआपसमा जिज्ञासा नि राख्थे “हैन यो थिबिया भनेको के रै’छ?”  अन्ततः लामो धैर्यता र उत्सुकता पछि थाहा पाए ‘थिबिया’ को चुरो कुरो । अनि खुशी हुँदै आ–आफ्नो बाटो लागे थिबियाकै चर्चा गर्दै र एकअर्काको बिचार मन्थन गर्दै ।  

किराती वस्तीहरुमा प्रचलित मिथकअनुसार ‘थिबे चरा’ षड्न्त्रकारीको जालमा परेर छोरा गुमाउने आमाको एक दुःखान्त कथाको प्रतिरुप हो । उहिले उहिले कुनै एक बस्तीमा एक सोझी र इमान्दार आमा थिइन् । अनेक जालझेलमा परेर उनले ‘थिबे’ नाम गरेका आफ्नो छोरा खोलाको बाढीमा बगाई पठाइन् । जब छोरा बगाई पठाइन, त्यसपछि बल्ल उनले आफूमाथि भएको जालझेलबारे थाहा पाएर बिलौना गर्छिन् ।

आफ्नो सोझोपनको फाइदा उठाएर आरिसेहरुले छोरालाई खोलामा फाल्न लगाएको थाहा पाएपछि आमा विक्षिप्त बन्छिन् । अन्नतः त्यही बिलौनीमै उनको मृत्यु हुन्छ । मृत्युपछि आत्मा चरा बन्छ र ‘थिबेऊ ! थिबेऊ !!’ भन्दै खोलैखोला आफ्नो छोरा खोज्दै हिड्छन् । ती महिला नै चराको रुपमा थिबेको आमा थिबिया हुन् ।

पूर्वी पहाडी जिल्लाका किराती बस्तीहरु हुँदै बग्ने खोलाहरुमा जबजब वर्षा याममा बाढी आउँछ, त्यो चरा बाढी पछ्याउँदै तल माथि माथि तल गरिरहेको देखिन्छ ।

यही मिथकलाई आधार मानेर मुन्धुमी मुलधारमा आधारित बिल्कुलै फरक तर ऐतिहासिक किराती सभ्यता तथा मौलिक परम्परामा आधारित किराती मिथकीय गीति भिडियो संग्रहको नाम राखिएको हो ‘थिबिया’ । जुन गीति भिडियो संग्रहले पछिल्लो समय नेपाली सांगीतिक बजारमा चर्चा पाईरहेको छ । गायिका जानुका राईद्वारा स्वरबद्घ तथा सांस्कृतिक अभियन्ता कपिल राईद्वारा निर्मित गीति भिडियो संग्रह ‘थिबिया’को बिशेष प्रदर्शनीमा दर्शकको भीड लागेको छ । सदरमुकाम दिक्तेलस्थित समीक्षालय हलमा किरात राई साँस्कृतिक कलाकार संघको सहयोगार्थ आयोजना गरिएको बिशेष प्रर्दशनीमा भीड लागेको दर्शकले गीति भिडियोहरुलाई मन पराएका छन् । नेपाली गीतसंगीतले अरुको नक्कल गर्दै पाश्चात्य बाटो समाईरहेको बेला यो कार्य उदाहरणीय र प्रशंसनीय रहेको दर्शकको प्रतिक्रिया छ ।

 
९ लाख रुपैयाँ बढी खर्च गरेर पहिलो पटक ‘थिबिया’ सांस्कृतिक गीति भिडियो संग्रह बजारमा ल्याउने निर्माता कपिल र गायिका जानुकाकी अनुसार आफूमा भएको कलामार्फत आफ्नो समाज, संस्कृति र इतिहासको संरक्षणका लागि गरिएको प्रयत्न हो गीति भिडियो संग्रह थिबिया । बजारमा चल्तीका कलाकारले अपेक्षा गरेजस्तो महत्वाकांक्षी सपना नभएको बताउने गायिका राई बिशुद्घ कलाकार भन्दा पनि अभियन्ताकै रुपमा लागेर यस्तै प्रकारका गीतसंगीत गाएर नेपाली सांगीतिक बजारमा आफुलाई स्थापित गराउने चाहाना गर्छिन् ।
 
‘थिबिया’ सिङ्गो किराती समुदायलाई आफ्नो समाज बुझ्ने सानो, तर महत्वपूर्ण सांस्कृतिक गीति भिडियो संग्रह रहेको जनाईएको छ । हालसम्म इतिहास, जीवनशैली र सांस्कृतिक परम्परा मौखिक रुपमा मात्र रहेका किराती राईहरुको लागि यो आफ्नो इतिहासको दस्तावेज भएको किरात राई बिश्लेशकहरुको बिश्लेषण छ ।

खोटाङ लगायतका किरात बस्ती तथा थातथलोमा छाँयाङकन गरिएको भिडियो संग्रहमा ४ वटा किराती इतिहास तथा संस्कृतिमा आधारित मिथकीय गीतहरु समेटिएको छ ।

यसअघि, किराती मौलिकता, इतिहास, संस्कार संस्कृति तथा इतिहास र मिथकमा आधारित ‘लिम्चिङबुङ’ गीति भिडियो संग्रह, ‘बिनायो’ चलचित्रलगायतमा गायिका राईले स्वर दिईसकेकी छिन् । गीति भिडियो संग्रहमा जनक राई, रोशन राई र भुपेन्द्र राईको निर्देशन रहेको छ । थिबियामा गीतकारहरु बीरेन्द्र राई, भुपाल राई, टीका चाम्लिङ र खुक्सङ खम्बुको शब्द तथा वरिष्ठ गायक तथा संगीतकार जीतेन राई ,शान्तिराम राई, शुरेस अधिकारी र मनोज साङसोङको संगीत रहेका छन् । एल्बमको म्युजिक भिडियोमा पशुपति राई, सन्ध्या साम्पाङ राई, पवन राई, कोशिष राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post