sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » पहिचानसहितको किरात स्वयत्त राज्य निर्माणको लागि किरायाको सातौं जिल्ला सम्मेलन

रामधन राई/खोटाङ, खोटाङ, ६ फागुन । “संघीय गणतन्त्र नेपालमा पुख्र्यौली भूमिको पहिचान, किरात स्वायत्त राज्य निर्माण गर्ने हाम्रो अभियान” भन्ने मूल नाराको साथ नवौं राष्ट्रिय महाधिबेशनको तीब्र तयारी भईरहँदा  किरात राई यायोख्खा जिल्ला कार्य समिति खोटाङको सातौं जिल्ला सम्मेलन हुँदैछ । “सहअस्तित्व र जातीय सद्भाबसहितको राष्ट्रिय एकता हाम्रो अभियान ! पहिचानसहितको किरात स्वयत्त राज्य निर्माणको लागि सातौं जिल्ला सम्मेलन !!” भन्ने मुल नाराका यही ७ र ८ गते  दिक्तेलमा हुने  किरात राई समुदायको छाता सामाजिक संस्था किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङको सातौं जिल्ला सम्मेलनको तयारी पूरा भएको जनाईएको छ ।

३५ बढी गाबिस र एक नगरपालिस्थित प्रारम्भिक कमिटी तथा ६ भातृ र ८ भाषिक संस्थाका २ सय बढी प्रतिनिधि, पर्यबेक्षक सम्मेलनमा सहभागी गराईने आयोजक समिति तथा बर्तमान सचिब युग्सन किरातले जानकारी दिनुभयो । दिक्तेलस्थित स्थानीय हेलिप्याडमा केन्द्रीय सदस्य जनक राईको प्रमुख तथा सदस्य डीबी राई सरोज र किरात राई बिद्यार्थी संघको केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राईको बिशेष आतिथ्यमा सम्मेलनको उद्घाटन हुने राईको भनाई छ ।

साँस्कृतिक झाँकी तथा मोटरसाईकलसहित ¥यालीका साथ भब्य उद्घाटनको तयारी गरिएको कार्यक्रममा सातौं जिल्ला सम्मेलनको प्रतिकात्मक सात बिधाका बिशेष ब्यक्तिलाई सम्मान गर्ने तयारी भएको आयोजकले जनाएको छ । किरात संस्कृति, पत्रकारिता, खेलकुद्, संगीतलगायतका बिधामा क्रियाशील ब्यक्तित्वलाई सम्मान गरिने जनाईएको हो ।

उता, २० देश, नेपालका २४ जिल्ला, २८ वटा भाषिक, ८ भातृ संगठन, ३ सम्बन्धन संस्थाहरुबाट प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने किरात राई यायोख्खाको राष्ट्रिय महाधिवेशन भने आगामी २३ गते काठमाण्डौंको प्रज्ञा भवन कमलादीमा उद्घाटन हुँदैछ । ३ दिन हुने सम्मेलनमा सहभागी हुन अमेरिका, बेलायत, अस्ट्रेलिया, भारत, हङकङ, जापान, क्यानडा, दक्षिण कोरिया, बेल्जियम, युरोप च्याप्टर, कतार, मलेसिया, युएई, कुबेत लगायत २० देशबाट प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि पर्यवेक्षकको सहभागिता हुनेछ । किरात राई यायोक्खा २०४५ सालमा स्थापना भएको सामाजिक संस्था हो । यायोक्खाको झापा, दमकमा भएको छैटौं राष्ट्रिय महाधिवेशनले पूर्वी नेपाललाई किरात स्वायत्त राज्य स्थापित गर्न संघर्ष गर्ने निर्णय गरेको थियो ।

यायोक्खाले खोटाङलगायत पूर्वको ताप्लेजुङ, पाँचथुर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर,उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु तथा सिन्धुली, दोलखा र रामेछाप गरी १७ जिल्लाको किराती बस्तीहरु मिलाएर बृहत् किरात स्वायत्त राज्य नामाङ्कन गर्न माग गर्दै आएको छ ।
यायोक्खाले समानुपातिक, समावेशी सिद्धान्तको आधारमा सबै जातजातिलाई समान अधिकार र संघीय राज्य भौगोलिक विभाजनमा मात्र नभएर राजनीतिक, सांस्कृतिक, आर्थिक अधिकारसहितको संघ तथा राज्यहरु स्थापित हुनुपर्ने माग गर्दै आएको किरात राई बिद्यार्थी संघको केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राईले जानकारी दिनुभएको छ ।

पछिल्लो जनगणनाअनुसार राईको जनसंख्या ६ लाख २० हजार ४ उल्लेख भए पनि किरात राई समुदायले उक्त जनसंख्या अस्वीकार गर्दै ९ लाख बढी रहेको दाबी गर्दै आएको राईको भनाई छ ।

सरकारी तथ्याङ्कलाई आधार मान्दा पनि किरात राई जाति मुलुकको १०औं र ५९ आदिवासीमध्ये ५औं ठूलो समुदाय हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post