sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » पत्रकार राईसहित ७ जना सम्मानित

खोटाङ, ८ फागुन । किरात राई यायोक्खा खोटाङले पत्रकार रामधन राईसहित ७ जनालाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट किरात तथा गैर–किरातको संस्कार संस्कृतिको उत्थानमा पुर्‍याएको योगदान स्वरुप पत्रकार राईलाई यायोक्खाले सम्मान गरेको हो । यायोक्खाले आफ्नो सातौं जिल्ला अधिबेसनको अवशरमा शुक्रबार पत्रकार राईलाई सम्मानपत्र र वाबुकसहित सम्मान गरेको हो ।

यायोक्खाका केन्द्रीय सदस्य जनक राईले पत्रकार राईलाई फेटा बाँधेर सम्मानपत्र र वाबुक प्रदान गर्नुभयो । नेपाल पत्रकार महासंघ शाखाका सदस्य रहेका सम्मानित पत्रकार राई नेपाल टेलीभिजन, नेपाल समाचारपत्र, रुपाकोट रेडियोमा आवद्ध छन् । यायोक्खाले खेलकुद, कला, संस्कार संस्कृतिका क्षेत्रमा योगदान पु¥याउने व्यक्तीत्वलाई पनि सम्मान प्रदान गरेको छ ।

जिल्लाको खेलकुदका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै नेपाल सितोरियो कराते संघ खोटाङका सञ्जयकुमार राई, रिलुङहसुङ (संस्कार संस्कृति ज्ञाता) लफ्याङका सिंहशेर राई, भेषभूषा संरक्षणकर्मी दिक्तेलकी बिष्णुकुुमारी राई, रानोहँछा आर्टका सञ्चालक किशोर राई, दिक्तेलकी नछुङ धनशोभा राई र नछुङ लालबहादुर राईलाई सम्मान गरिएको यायोक्खाका सचिव युगसन किरातले बताए । खेलाडी, कला र संस्कृतिकर्मीलाई पनि यायोक्खाका केन्द्रीय सदस्य राईले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post