sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » किरात राई यायोक्खा खोटाङको अध्यक्षमा अञ्जना राई निर्विरोध चयन

खोटाङ, ८ फागुन । किरात राई यायोक्खा खोटाङको अध्यक्षमा अञ्जना राई चयन हुनुभएको छ । यायोख्खाको सातौं जिल्ला अधिवेशनबाट पूर्व उपाध्यक्षसमेत रहुनुभएका राई निर्विरोध अध्यक्षमा चयन हुनुभएको हो ।

२१ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा हात्तीराम राई र लक्ष्मी राई, सचिव युगसन किरात, सहसचिवमा सपना राई र कोषाध्यक्षमा सञ्जीव राई चयन हुनुभएको छ । “सहअस्तित्व र जातीय सद्भावसहितको राष्ट्रिय एकता हाम्रो अभियान, पहिचानसहितको किरात स्वयत्त राज्य निर्माणको लागि सातौं जिल्ला सम्मेलन ” भन्ने नाराका साथ शुक्रबार उद्घाटन गरिएको अधिवेशनको बन्दसत्र शनिबार बिहान सम्पन्न भएको हो ।

किरात राई यायोख्खाका केन्द्रीय सदस्य तथा किरात राई कलाकार सङ्घका केन्द्रीय उपाध्यक्ष जनक राईको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । दिक्तेलस्थित स्थानीय हेलीप्याडमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा खेलकुद, कला, संस्कार/संस्कृति, सञ्चार लगायतका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post