sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङबाट कांग्रेस केन्द्रिय सदस्यका लागि पाँचको उम्मेदवारी

टेनिस रोका
काठमाडौं २१ फागुन
काठमाडौंमा जारी नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा खोटाङका पाँच जनाले केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिएका छन् । शिव कुमार बस्नेत, विष्णु कुमार राई, सर्वधन राई, हिरा गुरुङ र सरस्वती बजिमयले केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

शिव कुमार बस्नेतले प्रदेश नम्बर १ बाट दुई पद निर्वाचित हुने केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिएका छन् । बस्नेतले दुई पदमा निर्वाचित हुनका लागि १८ जनासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यस्तै, आदिवासी जनजाती आरक्षणतर्फबाट केन्द्रिय सदस्यका लागि विष्णु कुमार राई र सर्वधन राईले उम्मेदवारी दर्ता गरेका हुन् । तीन जना निर्वाचित हुने आदिवासी जनजाती आरक्षणतर्फ ५० जनाले उम्मेदवारी दर्ता गरेका छन् । यसमा निक्कै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै, हिरा गुरुङ र सरस्वती बजिमयले आदिवासी जनजाती महिला आरक्षणतर्फबाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिएका छन् । यस आरक्षण कोटाबाट २ जना निर्वाचित हुनेछन् उम्मेदवारी भने १४ जनाको परेको छ ।

महाधिवशेनका लागि सभापतिदेखि सदस्यसम्मको ६४ पदका लागि ३७५ जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्कीले प्रतिस्पर्धा गर्दैछन् ।

नामावली प्रकाशन, दाबी विरोध लगायतका कार्यक्रम भइरहेको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।

काठमाडौं जारी महाधिवेशनमा शुक्रबारदेखि बन्दसत्र चलिरहेको छ । बन्दसत्रले विधान तथा प्रतिवेदन पारित गरेसँगै नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । निर्वाचन आईतबारदेखि सुरु हुने बताइएको छ ।

महाधिवेशनस्थलमा नेतृ सुजाता कोइरालासँग फोटो खिचाउँदै विष्णुकुमार राई ।
जनजातीतर्फ आरक्षित कोटामा उम्मेद्वारी दिएका विष्णु कुमार राईले समग्र पार्टीलाई नयाँ ढंगले अगाडी बढाउन आफूले पहल गर्ने बताए । खोटाङ र सगरमाथा अञ्चलकै सामाजिक, राजनीति तथा विकासको पाटोलाई अघि बढाउन आवश्यक रहेको भन्दै त्यसका लागि पनि निर्णायक ठाउँमा हुनुपर्ने भएकाले समग्र सुधार र विकास गर्न आफ्नो जितको आवश्यकता रहेको भन्दै सबैले आफूलाई जिताउन पहल गर्नुपर्ने पनि उनले बताए ।  आदिवासी जनजातिका आवाज तथा मुद्धालाई पनि सँगै अगाडी बढाउने प्रतिवद्धता उनको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post