sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा दाहाल

खोटाङ, १४ चैत । नेकपा माओबादी विप्लव समुह निकट अखिल नेपाल शिक्षक संगठन खोटाङको अध्यक्षमा अर्जुन दाहाल चयन भएका छन् । शनिबार सदरमुकाम दिक्तेलमा सम्पन्न चौथो सम्मेलनबाट दाहाल शिक्षक संगठनको अध्यक्षमा सर्वसहमत चयन भएका हुन् ।

११ सदस्यीय संगठनको उपाध्यक्षमा अमृत राई, सचिवमा शेखर पोखरेल र कोषाध्यक्षमा गणेशकुमारी लम्साल छानिएका छन् । मुकुन्द घिमिरे, ठन्डसिं किराती, जंगबहादुर बुढाथोकी, इन्द्र तामाङ, टिकाराम पाण्डे, जयकुमार राई र उत्तरा राई संगठनको सदस्य चयन भएको बिज्ञाप्तीमार्फत जनाइएकोक छ ।

संगठनको सम्मेलनले भ्रष्ट, अनियमित तथा गैर–जिम्मेवार प्रशासक र शिक्षकको भण्डाफोर गर्ने, जनशिक्षा र उत्पीडित शिक्षकको हितका पक्षमा आन्दोलन गर्ने, संगठन बिस्तार गर्ने लगायतका ५ बुँदे घोषणापत्र जारी गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post