sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » ब्लड क्यान्सरले आमा र चार महिने बच्चाको जीवन जोखिममा

खोटाङ, २ चैत्र । खोटाङको खार्मी–८ की कबिता तामाङले क्यान्सरको उपचारकालागि सहयोगको याचना गर्नुभएको छ । ब्लड क्यान्सरको उपचार गर्नेक्रममा ७ लाख सकिएको तथा थप उपचारकालागि २० लाख रकम आवश्यकता परेकाले तामाङले अस्पतालको बेडबाटै उपचारकालागि सहयोगको याचना गर्नुभएको हो ।

हाल सिभिल अस्पताल काठ्माण्डौँमा उपचार गराइरहेका तामाङ परिवार कविताको उपचारकैक्रममा ऋणमा डुबेका छन् । निम्नआर्थिक स्तरका तामाङ परिवारले हालसम्म ऋणपान गरेरै बिरामीको उपचार गराइरहेको श्रीमान अशोक तामाङले बताउनुभयो ।

काखमा चार महिनाको छोरो च्यापेर १८ वर्षीया तामाङले गत जेठदेखि ब्लड क्यान्सरको उपचार गराइरहनु भएको छ । कबिता क्यान्सरले जीवनमरणको अवस्थामा थलिएपछि दुधे बच्चाको लालनपालनमा समेत समस्या भइरहेको छ । हाल ललितपुरको भैँसेपाटीमा बसिरहेकी तामाङलाई कक्षा १० पढ्दादेखि नै क्यान्सर देखिएको थियो ।

उहाँले आफ्नो र बच्चाको जीवन रक्षाकालागि सहयोग गर्न आग्रह गर्नुभएको छ । ‘म बाँचे भने काखको बच्चा पनि बँच्न सक्छ,’ कबिताले भन्नुभयो, ‘मलाई बचाउनुस्, मेरो बच्चालाई बचाउनुस् ।’ रोजगारीका सिलसिलामा साउदीअरबबाट छुट्टीमा आएका अशोक श्रीमतीको उपचारकाक्रममा साउदी जानबाट बञ्चित बनेका छन् ।

सहयोग गर्न इच्छुक व्यक्तीले मोबाईल नम्बर ९८६२७४२७६४ मा सम्पर्क गरेर ब्लड क्यान्सर पिडित कबितालाई सहयोग गर्न सक्नेछन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post