sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बाँदरलाई थापेको धरापमा परी बालकको ज्यान गयो

खोटाङ, ९ चैत्र । बाँदरलाई थापेको धरापमा परी खोटाङमा एक बालकको ज्यान गएको छ । बाँदर मार्न जङ्गलमा थापिएको धरापले किचेर च्यास्मिटार–४ का दिलकुमार राईको नौं वर्षीय छोरा प्रकाश राईको ज्यान गएको हो । 

गाई चराउन जङ्गल गएका बालकको सोमबार दिउसो धरापले किच्दा घटनास्थलमै ज्यान गएको स्थानीयवासीले बताएका छन् । स्थानीयका अनुसार गाउँमा बाँदरले दुःख दिएपछि घरदेखि केही टाढा पर्ने जङ्गलमा धराप थापिएको थियो ।

धरापमा परेर मरेका बालकको शव परीक्षण गर्न जिल्ला अस्पताल खोटाङ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न कार्यालयबाट मङ्गलबार बिहान प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने च्यास्मिटारमा बाँदरले खेती लगाउन नदिएपछि धराप थापेर मार्ने गरिएको छ । जङ्गलमा धराप थापेपछि त्यस क्षेत्रमा मानिस र पशुचौपायलाई प्रवेश निषेध गर्ने गरिएको जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post