sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सडिएको अवस्थामा मानव कङ्काल फेला

खोटाङ, २ चैत्र । सडिएको अवस्थामा खोटाङमा मानव कङ्काल फेला परेको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बाँझेच्यानडाँडा गाविसको वडा नं.–१ सेखुवाको जङ्गलमा बेबारिसे अवस्थामा मानव कङ्काल फेला परेको हो ।

खोटाङ र भोजपुरको सिमा नजिक घना जङ्गलमा घाँस काट्न जाने स्थानीयले सोमबार बेलुका कङ्काल फेला पारेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । सडिएको कङ्काल वरपर लुगाफाटा समेत नभएकाले पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

पुरुषको जस्तो देखिने कङ्काल दुई/तीन महिनाअघि मारेर फालिएको हुन सक्ने अनुमान गरिएको स्थानीय ईन्द्रबहादुर रोकाले जानकारी दिनुभयो । सेखुवा गाउँबाट करिब दुई घण्टा पैदल यात्रापछि पुगिने जङ्गलमा फेला परेको शव सर्जमिन मुचुल्का उठाएर दाहसंस्कार गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post