sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » चैत्र ७ मा दिक्तेल खुला दिसामुक्त क्षेत्र घोषणा

खोटाङ, १ चैत्र । खोटाङको दिक्तेल नगरपालिकालाई आगामी चैत्र–७ गते खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने टुंगो लगाइएको छ । जिल्ला स्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितिको सोमबार जिबिसमा बसेको बैठकले चैत्र ७ गते नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्ने अन्तिम टुंगो लगाएको हो ।

प्रमुख अतिथि बिवादका कारण रोकिएको नगरपालिका खुल्ला दिशामुक्त घोषणा कार्यक्रमलाई पुःन अघि बढाउनकालागि नगरपालिका स्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितिले गरेको सिफारिसलाई डिवाससिसिले अनुमोदन गरेको छ । प्रमुख अतिथि बिवाद आए अन्य बैकल्पिक उपाय अपनाएर भएपनि नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी गरिएको दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीले बताउनुभयो । राजनैतिक दलले प्रमुख अतिथिमा बिवाद गरे जिल्ला न्यायधिस, प्रमुख जिल्ला अधिकारी वा ज्येष्ठ नागरिकलाई प्रमुख अतिथि बनाएर भएपनि कार्यक्रम सम्पन्न गर्ने मनोस्थितिमा नगरपालिका पुगेको छ ।

गत असार–१८ गते खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी गरिएको खुला दिशामुक्त घोषणा कार्यक्रम प्रमुख अतिथि बिवादका कारण रोकिएको थियो । मञ्च व्यवस्थापन, गेट निर्माण, जातीय झाँकी प्रदर्शन लगायतका कार्यक्रम लगायतका तयारी पूरा भइसकेको नगरलालिका खुल्ला दिशामुक्त घोषणा कार्यक्रम प्रमुख अतिथिका बिषयलाई लिएर अन्तिम समयमा बन्द गर्नुपरेको थियो । नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरेपछि मात्र जिल्ला घोषणाकालागि बाटो खुल्ने छ । एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा नगरपालिका बाहेक अन्य सबै गाविस खुला दिसामुक्त भइसकेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post