sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » गोलीले बालकको मृत्यु भएपछि पक्राउ परेका दुईजना धरौटीमा रिहा

खोटाङ, ११ चैत्र । भान्छा कोठामा राखेको बन्दुक पड्किँदा बालकको मृत्यु भएपछि पक्राउ परेका खोटाङको नुनथला–६ का ईन्द्रबहादुर राई र गंगाबहादुर राई धरौटीमा छुटेका छन् ।

गत फागुन १४ गते शुक्रबार नुनथला–६ का गंगाबहादुर राईको भान्छा कोठामा राखिएको भरुवा बन्दुक भुईँमा खसेर पड्किँदा स्थानीय ३ वर्षीय बालक कौसल राईको ज्यान गएपछि पक्राउ परेका ईन्द्रबहादुर र गंगाबहादुर जनही ६०/६० हजार धरौटी बुझाएर बुधबार छुटेका हुन् ।

हातहतियार तथा खरखजना ऐन अनुसार मुद्दा चलाईएका उनीहरु निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश कुमालको आदेशमा धरौटीमा रिहा भएका हुन् । प्रहरीले घटनाको दोश्रो दिन पक्राउ गरी उनीहरु बिरुद्ध अदालतमा भवितव्य ज्यान र प्रशासनमा हातहतियार तथा खरखजना मुद्दा चलाएको जिल्ला प्रशासन कार्यालय मुद्दा शाखाका नायव सुब्बा लिलाबहादुर विकले बताउनुभयो । अदालतमा भवितव्य ज्यान अन्तर्गतको मुद्दा चलाईएका गंगाबहादुरलाई अदालतले पनि १० हजार धरौटीमा रिहा गर्न आदेश दिइसकेको थियो ।

खेल्नेक्रममा खसेर पड्किएको बन्दुकको गोलीले देब्रे पातामा गोली लागेका कौसलको घट्नास्थलमै मृत्यु भएको थियो, भने ७ वर्षीय छोरा रबिन राई घाईते भएका थिए । प्रहरीका अनुशार घट्नामा संलग्न स्थानीय गर्जमान राई हालसम्म फरार छन् ।

भान्छा कोठाको बन्दुक पड्किँदा बालकको ज्यान गयो, एक घाइते 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post