sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पूर्व सभाषद् गुरुङद्धारा गुम्बालाई जग्गा दान

खोटाङ, ३ चैत्र । पूर्व सभाषद् हिरा गुरुङले सहिद पति कालुमान गुरुङको मोक्षका लागि गुम्बालाई निःशुल्क जग्गा दान गर्नुभएको छ । सभाषद् गुरुङले बाँझेच्यानडाँडा–३ मा निर्माण गर्न लागिएको गुम्बाका लागि साँढे तीन लाख बराबरको जग्गा निःशुल्क दान गर्नुभएको हो ।

गुरुङले बुधबार जिल्ला मालपोत कार्यालयमार्फत ट्याम्के कर्मादोर्जे गुम्बाका लागि एक रोपनी जग्गा रजिष्ट्रेशन पास गरिदिनुभएको जनाइएको छ । सोही गुम्बाका लागि स्थानीय नारद गुरुङले स्वर्गीय बुबा दलबहादुर र आमा बिन्दामायाँ गुरुङको नामबाट साँढे तीन लाखको जग्गा पास गरीदिनुभएको छ ।

नारदले पनि एक रोपनी जग्गा पास गरिदिनुभएको जनाइएको छ । बाँझेच्यानडाँडा–३ मा निर्माण गर्न लागिएको गुम्बा यसै वर्षभित्र सम्पन्न गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post