sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खानेपानी बिस्तार भएपछि उपभोक्तालाई सहज

खोटाङ, १३ चैत । नेर्पामा खानेपानी बिस्तार भएपछि स्थानीय उपभोक्तलाई सहज भएको छ । नजिकमा धारा तथा कुवा बिहिन नेर्पाका उपभोक्ताको पाइपमार्फत घर–घरमा धाराबाट पानी आउन थालेपछि सहज भएको हो ।

ब्रिटिस गोर्खा वेलफेयरको आर्थिक सहयोग तथा उपभोक्ताको सक्रियतामा नेर्पा गाविसको वडा नम्बर–१, २, ५ र ८ मा खानेपानी बिस्तार गरिएको छ । ५२ लाख ७८ हजार ५०० को लागतमा सञ्चालित गुरुङ गाउँ खानेपानी योजनाबाट नेर्पाका ५३ घर उपभोक्ता लाभान्वित भएका छन् । 

करिब १५ किलोमिटर टाढा काउछेटार मुहानबाट ल्याइएको पानी दुईवटा सार्वजनिक, एक गुम्बा र एक वटा विद्यालयगरि ५७ वटा धारामा बिस्तार गरिएको छ । उपभोक्ताको ३१ प्रतिशत श्रमदानमा सञ्चालन गरिएको खानेपानी योजना तीन महिनाको अवधिमा सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण गुरुङले बताउनुभयो ।

खानेपानी योजनाका लागि गाविसबाट ८१ हजार रुपैयाँ बजेट उपलब्ध गराइएको गाविस सचिव नवराज खतिवडाले बताउनुभयो । वेलफेयरबाट जिल्लाको अन्य ठाउँहरुमा समेत विभिन्न योजना सञ्चालन गरिरहिइएको ब्रिटिस गोर्खा वेलफेयर दिक्तेलका प्रमुख हर्कराज राईले जानकारी दिनुभयो ।  

यसअघि करिब डेढ घण्टा टाढाबाट बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य स्यानीय उपभोक्ता घर–घरमा पाइपमार्फत पानी आएपछि हर्षित भएका छन् । वेलफेयरको सहयोगमा घर–घरमा पानी पुगेपछि उपभोक्ताले तरकारी खेतीसमेत सुरु गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post