sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » नदीको पानी तान्न आयोजना शिलान्यास

खोटाङ, १४ चैत । खोटाङको लिच्कीराम्चेमा नदीको पानी तान्नकालागि रसुवाघाट–कालापानी खानेपानी आयोजना शिलान्यास गरिएको छ । लिफ्टिङ प्रबिधिमार्फत सुनकोसीको पानी निकाल्ने प्रयासस्वरुप सुरु गरिएको रसुवाघाट–कालापानी खानेपानी आयोजना कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई र खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय खोटाङका प्रमुख ईन्जिनियर बिजय ठाकुरले सुनकोसी किनारमा गैंती र साबेलले जमिन खनेर शिलान्यास गर्नुभएको हो ।

गाउँ र नदीकोबीच तीन स्थानमा ट्यांकी निर्माण गरिने र बिद्युतमार्फत पहिलो, दोश्रो हुँदै तेश्रो ट्यांकीमा नदीको पानी निकालिने खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयका प्रमुख ठाकुरले बताउनुभयो । उपभोक्ताको ३६ लाख बराबरको श्रमदान रहने आयोजना एक करोड ८० लाखको लागतमा पूरा हुने खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयले जनाएको छ । कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राईकै पहलमा सुरु गरिएको योजना सफल भए नदीको पानी तानेर खोटाङका अन्य सुख्खाग्रस्त क्षेत्रको खानेपानी समस्या हल गर्नमा सघाउ पुग्ने छ ।

सुनकोसीको पानीलाई लिफ्ट गर्दै ८ सय मिटर माथि रहेको कालापानीमा निकाल्ने गरी काम थालिएको उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post