sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » आँखा उपचार शिबिरमा बिरामीको भीड

खोटाङ, १ चैत्र । जिल्ला अस्पताल खोटाङमा निशुल्क दुई दिने आँखा उपचार शिबिर सुरु भएको छ । चौधरी आँखा अस्पताल लाहान, नेत्र ज्योती संघ र जिल्ला अस्पताल खोटाङको संयुक्त आयोजनामा सोमबार आँखा शिबिर सुरु भएको हो ।


शिबिरमा जटिल तथा सामान्य प्रकृतिका आँखाका बिरामीको उपचार भइरहेको नेपाल नेत्र ज्योति सङ्घ खोटाङका सचिव ईन्द्र कसजुले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काको प्रमुख आतिथ्यमा उदघाटन गरिएको शिबिरमा सगरमाथा आँखा अस्पताल लाहानका शल्य चिकित्सक डा. नटवर सिं नेतृत्वको स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् ।

आँखामा समस्या भएपनि उपचारकालागि टाढा जान नसकेका बिरामीलाई लक्षीग गर्दै आयोजना गरिएको शिबिरमा जिल्लाका बिभिन्न ठाउँबाट आएका बिरामीको भीड लागेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post