sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » ८४ जनाको आँखाको शल्यक्रीया

खोटाङ, ३ चैत्र । जिल्ला अस्पताल खोटाङमा आयोजना गरिएको निशुल्क आँखा उपचार शिबिरमा ८४ जनाको आँखाको शल्यक्रीया गरिएको छ ।

चौधरी आँखा अस्पताल लहान, जिल्ला अस्पताल र नेत्रज्योती संघको आयोजनामा भएको आँखा शिबिरमा पहिलो दिन ३४ जना र दोश्रो दिन ४८ जनाको जटिल किसिमका शल्यक्रीया गरिएको नेपाल नेत्र ज्योति सङ्घ खोटाङका सचिव ईन्द्र कसजुले बताउनुभयो । शल्यक्रीया गरिएकामा अधिकांश बृद्धबृद्धा छन् ।
जिल्ला अस्पताल खोटाङमा आयोजना गरिएको स्वास्थ्य शिबिरमा आँखाको शल्यक्रीया गरिएका बृद्धा आमालाई आरामस्थलतर्फ डोर्‍याउँदै एक महिला । तस्बिरः हाम्रो खोटाङ डटकम

सोमबार र मंगलबार आयोजित शिबिरमा ७४६ जना बिरामीको आँखा जाँच गर्नुकासाथै औषधि वितरण गरिएको छ । आँखामा समस्या भएपनि उपचारकालागि टाढा जान नसकेका बिरामीलाई लक्षीत गर्दै शिबिर सञ्चालन गरिएको संघले जनाएको छ । लहानबाट गणेश निरौलाको नेतृत्वमा आउनुभएका शल्याचिकित्सक डा. नटवर सिं लगायत १० स्वास्थ्यकर्मीले आँखाका बिरामीको उपचार गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post