sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » बनमा लागेको डढेलो नियन्त्रण

खोटाङ, ३ चैत्र । खोटाङको राजापानीमा दुई दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएको छ । राजापानी–५ स्थित नमूना सामुदायीक बन र राजापानी–९ स्थित छिताकुण्ड सामुदायीक बनमा लागेको डढेलो स्थानीयले मंगलबार राती नियन्त्रणमा लिएका हुन् ।

छिताकुण्ड र बिजयखर्कस्थित साँघुरी सामुदायीक बन उपभोक्ता समुहले संयुक्तरुपमा डढेलो नियन्त्रणमा लिन सफल भएको स्थानीय शिक्षक गोबिन्द कट्वालले जानकारी दिनुभयो । डढेलोले नमूना सामुदायीक बनको २५ हेक्टर र छिताकुण्डको १० हेक्टर क्षेत्र बिनास भएको छ । डढेलोले मानवीय क्षती नपु¥याएपनि सामुदायीक बनका वनस्पती तथा बन्यजन्तुको बासस्थान नष्ट गरेको छ ।

स्थानीयका अनुशार डढेलो लगाउनेको पहिचान हुन सकेको छैन । सामुदायीक बनमा लागेको डढेलो नियन्त्रणकालागि जिल्ला बन कार्यालयलाई खबर गरेपनि बेवास्ता गरेको उपभोक्ताको गुनासो छ । आगो नियन्त्रणकालागि सामग्री सहितका कर्मचारी पठाउने भनेपनि नपठाएको कट्वालले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post