sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » डढेलोले स्थानीय बन सखाप

खोटाङ, १४ चैत । खोटाङको लिच्कीराम्चेमा लागेको डढेलोले स्थानीय खैरेनी सामुदायीक बन सखाप बनाएको छ ।

तीन÷चार दिनदेखि फैलिएको डढेलोले ३६४ हेक्टर क्षेत्रमा फैलिएको सामुदायीक बनको करिब आधा क्षेत्र नष्ट बनाएको स्थानीय कर्णबहादुर राउतले बताउनुभयो । डढेलोले मानवीय क्षती नपु¥याए पनि तयारी अवस्थामा राखिएको सालको ५ लाख मूल्य बराबरको काठ, सामुदायीक बनका बिरुवा तथा बन्यजन्तुको बास स्थान नष्ट गरेको छ । उपभोक्ताले डढेलोलाई नियन्त्रणमा लिएर सामुदायीक बनको अन्य क्षेत्रलाई जोगाइएको राउतले जनाउनुभयो ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने लिच्कीराम्चेमा सुरु भएको डढेलो हावाहुरीका कारण पूर्णरुपमा निभाउन कठिन भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post