sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ५७ गजलकारको संयुक्त गजल संग्रह सार्वजनिक

खोटाङ, ३० फागुन । खोटाङका ५७ गजलकारको संयुक्त गजल संग्रह सार्वजनिक गरिएको छ । २२८ वटा गजल समेटिएको संयुक्त गजल संग्रह ‘खोटाङका गजलहरू’ शनिबार राजधानी काठ्माण्डौंमा सार्वजनिक गरिएको हो । राजधानीमा आयोजित कार्यक्रममा डा. कृष्णहरि बराल लगायतले संयुक्त गजल संग्रह बिमोचन गरे ।

गजल संग्रहमा ५७ गजलकारको ४÷४ वटा गजल समेटिएका छन् । बिमोचन कार्यक्रममा उपस्थित स्रष्टाहरुले गजल, कविता, मुक्तक सुनाएर कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए । पुस्तक बिमोचन गर्दै बरालले लहैलहैमा भन्दापनि मनमा लागेको जुनसुकै बिषयमा स्वतःस्फुर्तरुपमा लेख्न श्रष्टासर्जकलाई आग्रह गर्नुभयो । संगीतकार शान्तिराम राईले प्रकाशित गजललाई भिडियो वा अडियोमा पनि प्रकाशनको प्रयास गर्ने बताउनुभयो । नायक नवल खड्काले चलचित्रमा भन्दा साहित्यमा आनन्द लिन सकिने बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post