sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » घर आगलागी हुँदा पन्ध्र लाख बढीको क्षति

 खोटाङ, २४ फागुन । घर आगलागी हुँदा खोटाङमा नगद पाँच लाखसहित पन्ध्र लाख बढीको क्षति भएको छ । जिल्लाको पश्चिमी गाविस महादेवस्थान–४ हलेसीका दलबहादुर बस्नेतको दुई वटा घर तथा घरमा राखिएको नगद पाँच लाखसहित अन्य सामाग्री जलेर नष्ट हुँदा पन्ध्र लाख बढीको क्षति भएको हो ।

सोमबार दिउँसो घर नजिकै बालेको आगोको झिल्को हावाले उडाएर छानामा पु¥याउँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले हाम्रो खोटाङ डटकमलाई बताउनुभयो । आगलागीमा नगद पाँच लाख, एकवटा खसी, लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, काठपात लगायत जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

आगलागी सुरु भएलगत्तै इलाका प्रहरी कार्यालय हलेसीका टोली तथा शेरगण मुढे ब्यारेकका सेना र स्थानीयवासी घटनास्थल पुगेपनि पानी नहुँदा तत्काल आगो निभाउन नसकिएको स्थानीयले बताएका छन् । उद्दार टोली तत्कालै घटनास्थलमा पुगेकाले अन्य घरमा आगो फैलन नपाएको स्थानीयले बताएका छन् ।

आगलागीमा घरविहीन भएका छ जनाको बस्नेत परिवार अहिले छिमेकीकामा आश्रय लिएर बसिरहेका प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post